मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

युवा नेता थापाले खानीखोलाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गरे

Thearaniko Times 1394+ समाचार ( )
११ माघ २०७८, मङ्गलबार

पनौती। समाजसेवी एवं युवा नेता धुलिखेल नगरपालिका—४ निवासी श्रीराम थापाले जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्रीहरु भलिवल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गरेको छ ।  

मंगलबार पनौतीमा माओवादी केन्द्र निकट वाइसियल नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले खानीखोला—१ स्थित् जनशक्ति युवा क्लबका खेलाडीहरुलाई भलिवल ११ थान, भलिबल नेट २ र पम्प २ थान सहयोग गरेका हुन् ।

थापाले यसअघि पनि सोही गाउँपालिका वडा नम्बर –४ स्थित् खुशी समाज युवा क्लवसँगै वडा नम्बर १ र २ का भलिवल खेलाडीलाई एक÷एक सेट जर्सी फुटवल, भलिवल सहयोग गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी क्रेन्द्र) बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशील)ले खेलाडीलाई खेलकुद सामाग्री वितरण गर्दै जर्सी लगयातका खेलकुद सामाग्री पाएपछि खेलाडीहरुको सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलकुद सामाग्री क्लवका सुरेश थिङ, दिपेश गोले लगायतले बुझेका छन् ।

समाजसेवी थापाले विकट क्षेत्रका युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको बताए । उनले विकट खानिखोलाका सबै वडामा खेलकुद सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘केही दिनपछि खेलकुद सामाग्री खानिखोलाका बाँकी वडालाई पनि सहयोग गर्नेछु ।’ त्यस्तै उनले आगामी दिनमा विभिन्न क्षेत्रमा आफुले सक्ने सहयोग हुने बताए । ‘विगतमा म पनि खेलाडी थिएँ, तर हाम्रो पालोमा यस्तो सहयोग कहीँ कतैबाट आउने गरेको थिएन,’ उनले भने, ‘आफुले खेलाडीहरुलाई सहयोग गर्न पाउदा धेरै खुशी लागेको छ ।’

थापाले कोरोना भाइसर (कोभिड—१९)को महामारीका बेला खानिखोला गाउँपालिकालाई माक्स लगायतका स्वास्थ सामाग्री समेत सहयोग गरेका थिए ।

खेलाडीहरुले आफुसँग भएको लुगाफाटो लगाएर प्रतियोगितामा सहभागी हुँदै आएको अवस्थामा जर्सी सहित खेलकुद सामाग्री उपलब्ध भएपछि खेलाडीहरुमा खेलप्रतिको मोह र प्रतियोगिताको लागि समेत सकारात्मक उर्जा मिलेका बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य घिसिङसँगै अविरल जिम्बा, सन्तली थिङ्, सृजना थिङ्, राजन अधिकारी, सागर जिम्वा, प्रेम घलान, सलन मगरजिल्ला समन्वय समितिको सदस्य सुन्तली थिङ ९मनिता० खानीखोला गाउँपालिका कमिटी अध्यक्ष अविरल जिम्बा, उपाध्यक्ष सृजना थिङ, सचिव राजन अधिकारी, नेता सागर जिम्बा, प्रेम लामा र सलन मगर लगायत खेलाडीहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार