मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

युवा नेता थापाले खानीखोलाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गरे

Thearaniko Times 1403+ समाचार ( )
११ माघ २०७८, मङ्गलबार

पनौती। समाजसेवी एवं युवा नेता धुलिखेल नगरपालिका—४ निवासी श्रीराम थापाले जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्रीहरु भलिवल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गरेको छ ।  

मंगलबार पनौतीमा माओवादी केन्द्र निकट वाइसियल नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले खानीखोला—१ स्थित् जनशक्ति युवा क्लबका खेलाडीहरुलाई भलिवल ११ थान, भलिबल नेट २ र पम्प २ थान सहयोग गरेका हुन् ।

थापाले यसअघि पनि सोही गाउँपालिका वडा नम्बर –४ स्थित् खुशी समाज युवा क्लवसँगै वडा नम्बर १ र २ का भलिवल खेलाडीलाई एक÷एक सेट जर्सी फुटवल, भलिवल सहयोग गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी क्रेन्द्र) बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशील)ले खेलाडीलाई खेलकुद सामाग्री वितरण गर्दै जर्सी लगयातका खेलकुद सामाग्री पाएपछि खेलाडीहरुको सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलकुद सामाग्री क्लवका सुरेश थिङ, दिपेश गोले लगायतले बुझेका छन् ।

समाजसेवी थापाले विकट क्षेत्रका युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको बताए । उनले विकट खानिखोलाका सबै वडामा खेलकुद सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘केही दिनपछि खेलकुद सामाग्री खानिखोलाका बाँकी वडालाई पनि सहयोग गर्नेछु ।’ त्यस्तै उनले आगामी दिनमा विभिन्न क्षेत्रमा आफुले सक्ने सहयोग हुने बताए । ‘विगतमा म पनि खेलाडी थिएँ, तर हाम्रो पालोमा यस्तो सहयोग कहीँ कतैबाट आउने गरेको थिएन,’ उनले भने, ‘आफुले खेलाडीहरुलाई सहयोग गर्न पाउदा धेरै खुशी लागेको छ ।’

थापाले कोरोना भाइसर (कोभिड—१९)को महामारीका बेला खानिखोला गाउँपालिकालाई माक्स लगायतका स्वास्थ सामाग्री समेत सहयोग गरेका थिए ।

खेलाडीहरुले आफुसँग भएको लुगाफाटो लगाएर प्रतियोगितामा सहभागी हुँदै आएको अवस्थामा जर्सी सहित खेलकुद सामाग्री उपलब्ध भएपछि खेलाडीहरुमा खेलप्रतिको मोह र प्रतियोगिताको लागि समेत सकारात्मक उर्जा मिलेका बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य घिसिङसँगै अविरल जिम्बा, सन्तली थिङ्, सृजना थिङ्, राजन अधिकारी, सागर जिम्वा, प्रेम घलान, सलन मगरजिल्ला समन्वय समितिको सदस्य सुन्तली थिङ ९मनिता० खानीखोला गाउँपालिका कमिटी अध्यक्ष अविरल जिम्बा, उपाध्यक्ष सृजना थिङ, सचिव राजन अधिकारी, नेता सागर जिम्बा, प्रेम लामा र सलन मगर लगायत खेलाडीहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार