दिपक शर्मा जंगम, अधिवक्ता
नेपालमा गणतन्त्रमा स्थापना भएको लगभग विस बर्षको दौरानमा देश चलेको छ । नेपाल र नेपालीको भविष्यको रेखा कोर्नुपर्ने राजनीतिक पार्टी तथा नेताका कारण आज देशको अवस्था जर्जर भएको पाइन्छ । गणतन्त्रको सपना साकार सुन्दर थियो, गणतन्त्रको नारा धेरै उच्च स्तरीय थिए । गणतन्त्रको जगमा टेकेर प्राप्त भएको राज्य सत्ताबाट जनताको सुनौलो भविष्य कोर्न अब सजिलो हुन्छ भनेर राजा मिल्काइयो, राजाको श्रीपेच नारायणहिटी संग्राहलयमा राखियो साँच्चै जनताहरु यति फ्रुलित भएको अब जनता रैतीबाट मालिक प्रजाबाट नागरिक भएको गर्वका साथ भनिदिन्थे र पटक–पटक सुनौलो भविष्य बोकेर जनताले आन्दोलनमा धेरै रगतको बलिदान गर्नुप¥यो । हिजो जनयुद्धको नाममा माओवादीबाट गरिएका वचनवद्दता तथा वाचा गरिएका कुराहरुबाट नेपाल सुन्दर बनाउने सक्ने थुप्रै ठुलो योजना निर्माण गर्न सक्ने रोडम्याप नभएको कारण आज यो अवस्थामा नेपालमा बसेर नेपाली जनताले पुर्परोमा हात लगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । जन आन्दोलन सफल बन्यो २०६२÷०६३ मा र सवैभन्दा ठुलो दल बनी बन्यो माओवादी सांसदमा समावेशीताको मुलक देख्दा लाग्थ्यो अब देश बनाउछन् क्रान्तीकारी कमरेडहरुले तर बिडम्बना देश बनाउन एउटा पहिलो खाका चाहिन्छ र त्यही खाकामा देशमा बसेका भुँइ मान्छेका जीवन अटाउन पथ्र्यौ तर अटाएन ।
जनताले पटक– पटक सत्तामा पु¥याइका पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी बेन्ड नै हुन् । छिटफुट रा.प्र.पा. र रा.स्व.पा. सँथ मिलेर सत्ता सञ्चालन गरेर बाहेक यो देशमा धेरै समय सत्ताको स्वाद चाख्ने पार्टी भनेको काँग्रेस–एमाले–माओवादी नै हो । अब प्रश्न उठ्छ २०६२।०६३ देखि वीस बर्षको अवधिमा गाउँ घरमा बाटेर पुग्यो होला विकास बजेटको नाममा कनिका छरे झै बजेट छरेर पार्टी केन्द्रित कार्यकर्तालाई उपभोक्तामा राखेर धेरै ठाउँमा बजेट स्वाहा पार्ने काम नभएको होइन । आज स्थानीय सरकार–प्रदेश सरकार– संघिय सरकारको काम हेर्दा– नेपाली जनताले खप्परमा हात राखेर घोत्लिनुपर्ने कुरा होइन ? आज निर्वाचनमा टिकट पाउने दलाली गर्नुपर्ने, पैसा खर्च गर्नुपर्ने, नेता रिझाउनुपर्ने आदिलाई समस्याका कारण स्वतन्त्र रुपले पैसा खर्च नगरी निर्वाचनमा उठ्न नसक्ने अवस्था सिर्जना गर्ने पार्टी कुन हुन् ? हिजो पञ्चायत कालमा जन पक्षीय उम्मेदवार बनेर थोरै खर्चमा सानदार भोट ल्याएर निर्वाचित बनेका कैयौं उदाहरण छन् हाम्रो सामु तर आज गणतन्त्रमा एउटा पालिकाको वडामा टिकट पाउन खर्च, चुनावमा उठ्न खर्च कार्यकर्ता झोलेबाट चल्न खर्च अनि निर्वाचित भएपछि चुनावमा उठेको रकम उठाउँदैमा पाँच वर्ष कार्यकाल समाप्त हुन्छ त्यहाँ जनताको सपनाको कुनै चर्चा हुँदैन र देश गरीबीमा भासिनु बाहेक केही हुने अवस्था रहन्न यो वास्तविकता प्रति आज पार्टी तथा नेता चुप किन छन् ?
देशमा सँसद व्यवस्थापीका कार्यपालिक (सरकार) न्यायपालिका (अदालत) को अवस्था हेर्ने होे भने कतै पनि प्रश्नको उत्तर पाइन्न । सँसदमा सरकार पक्षका एमाले काँग्रेसले नाटक मन्चन गरेर विशव सामु शिर निहुराउन पर्ने बाध्य पारेको छ । साँसदमा निर्वाचित भएर गएपछि जनताको समस्या र मुद्दामा केन्द्रित बन्नुपर्ने सभासद जनताको होइन आफ्नै फाइदाको लागि उफ्रनु किमार्थ राम्रो सन्देश होइन । हजारौं व्यक्तिलाई भिजिट भिषामा नक्कली व्यक्ति खडा गरेर मानव तस्कर गर्ने मन्त्री, कर्मचारी, त्यसलाई पत्र पोषण गर्ने प्रधानमन्त्री लगायत मुख्य मुख्य ठाउँमा नियुक्ति पाएका सरकारका ठेकेदारहरुबाट देशको इज्जत होइन बेइज्जत भएको छ । सरकार कमाउन व्यस्त छ । देशमा युवा छैनन् । विदेशबाट पठाइएका रेमिट्यान्सबाट बजेट बनाउने यो सरकार जनताको सरकार होइन र यसले नेपालको बेइज्जत गरेको छ । अदालतको माननीय न्यायधिष ज्यू हरुको फैसलामा न्याय परेको छ छैन ? कसले हेर्ने ? न्याय परिषद् तमासे बनेर न्याय बिर्सेको मनोवलमा कुनै ग्लानी छैन बरु बढेको छ भने न्याय सेवा आयोगले लगाम लगाउन नसक्दा कर्मचारी छाडा भएको अवस्था न्याय क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । प्रशासन, अख्तियार, मालपोत भन्सार लगायत जनताको काम पर्ने कार्यालयबाट किर्ते नागरिक लाभन्वित भए ? देश आज कांग्रेस एमालेले लुटेको छ । जताततै भष्ट्राचारले चुर्लम्म डुबेको छ भने जनताको आसाको केन्द्र बनेको, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको वरिपरि झुम्मेर कम्युनिष्ट एकता गर्न नदिने आसेपासेको कारण अब कम्युनिष्ट एकता र धुव्रिकरणमा प्रचण्ड र तीनले चलाएको माओवादी केन्द्रले गर्ला भन्ने आशा छैन ।
अब यो देश बनाउने योजना भन्दा पनि यसरी भष्ट्राचार गरेरर देशलाई सक्ने कसरी झोलेलाई धनी बनाउने ? कसरी आगामी निर्वाचनमा पैसा खर्चेर पुन ः जितेर देशलाई सोमालियाको मोडलमा लैजाने भन्ने आसमा अब तीनै पार्टीका नेता तथा कार्यकर्ता लागेका छन् । बीस वर्षको अवधिमा गणतन्त्रलाई यो अवस्थामा पु¥याएका कारण हिजाको मण्डलेहरु फालिएका राजतन्त्रको कंकाललाई काँधमा बोकेर जय राजा भन्दै चिच्याउँदै छन् । जनताले अब पनि मिठो बनेर घाँस खाने काम गर्नु हुँदैन । अब एमाले–काँग्रेस, माओवादी केन्द्रबाट देश बन्दैन । यिनीहरुलाई फेरी पैसा मासु भातमा बिकेर भोट हाल्यौ भने तस्करी गरेर फेरी यो देशलाई विदेशीको हातमा सुम्पने नै छन् । यिनीहरु कहिले मानव तस्कर, कहिले सुन काण्ड, कहिले जग्गा लगायत अत्याधिक काण्डै काण्डमा लागेर हामी नेपाली नागरिकलाई बेच्न बाँकी राख्दैनन् ।
अब सचेत बनौं । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको श्रम र उत्पादन क्षेत्रमा लागेर देश र जनताको लागि पुग्ने अन्न, तरकारी माछा, मासु, घरेलु उद्योग, खेती पाती, जडिबुटी, पशुपालन, फलफुल लगायतमा आत्मनिर्भर बन्ने अभियानमा क. विप्लव लागेको अवस्थामा अब काम गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लवको नेतृत्वमा अन्य छरिएर रहेका कम्युनिष्ट पार्टी एकता धुव्रिकरणबाट एउटै कम्युनिष्ट पार्टी बन्नुपर्दछ र हामी उत्पादनमा लाग्यों भने विदेश जाने युवा वर्गलाई पनी रोक्न सकिन्छ यो देशमा नै रोजगारी सिर्जना गर्न सकिन्छ । हामीलाई भष्ट्र पार्टी नेता र तिनका चम्चे झोले चाहिएको कदापी होइन । अब सक्षम र नेतृत्व पार्टी अनि नेता छान्नु जरुरी छ । त्यसको लागि विप्लव किन व्यक्तित्व हुनुुहुन्छ र विकल्पको रुपमा समृद्ध पार्टी र नेता बनाउन योग्य विप्लवलाई आगामी निर्वाचना बहुमत दिएर सरकार बनाउन लगाउने हिम्मत गर्नुपर्छ र असल पाटीएको नेता सरकारमा पुग्यो भने देशको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका राम्रो बन्नसक्छ । अब देशलाई बिगार्ने बरु सपार्ने भनेको हामी जनताको हातमा छ वीस वर्षदेखि परीक्षण भएको म्याद नाघेका पार्टी नेतालाई पटक–पटक सत्तामा पु¥याउने कुचेष्टा गर्नु भनेको हाम्रा मात्र सन्ततीको भविष्यलाई खरानी बनाउनु हो । अब साँच्चै ढिला नगरी सोच बदलेर निर्वाचनमा भष्ट्र पार्टी, तस्करी पार्टीलाई वाइवाइ गर्दै नेपालको आर्थिक, सामाजिक र राजनीतिक रुपमा समाजवादी मोडलमा लैजाने आँट, हिम्मत, योजना र खाका नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व गर्ने क. विप्लव नेत्र विक्रम चन्द सँग मात्र छ र अरुले सिक्ने अवस्था छैन । आगामी चौरासी परिवर्तनको चौरासी बन्नुपर्दछ । रकम खर्च गरेर देश लुट्ने खरिजुकालाई र तीनका पार्टीलाई पटक–पटक सत्तामा पु¥याउने सोच ग¥यौ भने हामीहरुले ठुलो अपराधी बन्दै छौ होस गरौं । समय छँदै बुद्धि पुग्यो भने भष्ट्र पार्टीलाई तह लगाउन सकिन्छ तह लगाउने भनेको निर्वाचनबाट पाखा लगाउनु नै विकल्प हो । नेपाली जनताले आगामी चौरासीमा अबको नेतृतव नेपाल कम्युनिष्ट पार्टी विप्लवले नेतृत्व गरेको पार्टीलाई मत दिएर देश बनाउने जिम्मा दिनुपर्दछ । अन्यथा पुर्परोमा हात राखेर फेरी पछुताउने दिनको सुरुवात हुन सक्छ ।