मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बनेपा -६ मा वडाध्यक्ष के.सी.ले गरे डिप बोरिङको शिलान्यास

Thearaniko Times 1394+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ स्थित् बुडोलको खत्रीगाउँमा तिन सय घर परिवारका लागि एक घर एक धारा अर्न्तगत डिप बोरिङको आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।

वडाका नागरिकहरुलाई एक घर एक धारा जडान गरी पानी खुवाउने उद्देश्यले उक्त कार्यको शुरु गरिएको वडा अध्यक्ष सचितानन्द केसीले बताए । वडा अध्यक्ष केसीले वडामा रहेका ११ सय घर धुरी सबैलाई घर घर धारा वितरण गर्ने गरी कार्य प्रारम्भ गरिएको बताए ।

वडा अध्यक्ष सचितानन्द केसीले ‘वडा नम्वर ६ को खत्रीगाउँमा २ सय घर परिवार, खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भएको जानकारी दिनुभयो।’ काभ्रे क्याम्पस वरपर रहेको बस्तिका ३ सय घरमा पनि चालु आर्थिक वर्षभित्र नै एक घर एक धारा कार्यक्रम सम्पन्नका लागि प्रक्रियामा रहको र बाँकी टोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने वडा अध्यक्ष केसीले बताए । 

खत्रीगाउँमा रहेका ७ वटा मुललाई एकिकृत गरी सकिएको र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग शुरु गरिएको केसीले बताए । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरिनेछ । टयाङ्की निर्माण, डिप बोरिङ्क र एकिकृत मुहान संरक्षणका लागि फरक फरक उपभोक्ता समिति बनेका छन् । डिप बोरिङ् ३८ लाखमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

उक्त खत्रीगाँउ खानेपानी डिप बोरिङ सप्लार्यस खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनन्त प्रसाद दाहालले आर्थिक वर्ष २०८०/८१ मा १० लाखको योजना रहेको बताए । आगामी वर्ष वाँकी योजना र निमार्ण सम्पन्न गरिने दाहालले बताए । कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, एकिकृत मुहान संरक्षण समितिका संयोजक कृष्णबुद्ध बजगाई, ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाले लगायतले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी खुवाउन सबैको समन्वय आवश्यक रहेको बताएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार