मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा नयाँ समिति

Thearaniko Times 1401+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिमा रामसुन्दर देउजा उपाध्यक्ष, प्रदीप सापकोटा महासचिव, तारा केसी कोषाध्यक्ष तथा पूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सदस्य चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले पानसमा दियो प्रज्वलन गरी सभाको उद्घाटन गरेका थिए । उनले भने, “साहित्यिक संस्था त धेरै खुल्छन्, तर मन नमिल्दा धेरैजसो टुट्छन् । सुनकोशी त्यस्तो नहोस भन्ने मेरो चाहना हो । सबैले ‘यो मेरो संस्था हो’ भन्ने भावनासहित अघि बढेमा संस्थाले दीर्घकालीन प्रभाव पार्छ ।”

दुई चरणमा सम्पन्न सभाको उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरी कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मत पारित गरिएको थियो । उद्घाटन सत्रको अध्यक्षता छविरमण सिलवालले गरेका थिए भने बन्द सत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गरेका थिए ।

कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै प्रा.डा. गौतमले प्रमाणपत्र वितरण गरेका थिए भने संयोजक कार्कीले सपथ खुवाएका थिए ।

छोटो समयमै साहित्यिक गतिविधि मार्फत प्रभाव छोड्न सफल सुनकोशी वाङ्मय प्रतिष्ठानले आगामी दिनमा अझै प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार