मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

त्रिवेणी टोल शिव मन्दिरको शिलान्यास संपन्न

Thearaniko Times 1394+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

बनेपा/काभ्रेपलाञ्चोक बनेपा नपा-६, बुडोलको त्रिवेणी टोलमा शिव मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ ।

बनेपा नगरपालिका वडा नं.-६, त्रिवेणी टोलमा बन्न लागेको शिव मन्दिर निर्माणका लागि बनेपा नपा-६ का वडाध्यक्ष सचितान्द के.सी.ले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वडाध्यक्ष के.सी.ले धार्मिक सांस्कृतिक पुरातात्विक क्षेत्रहरुको संरक्षण र सम्वद्रर्धनका लागि वडा प्रतिवद्ध रहेको बताए । उनले वडाले सयौं वर्ष पछिको भविष्यलाई ध्यानमा राखेर विकास निर्माण गरिरहेको बताए । वडामा तिव्र शहरीकरण भइरहेकाले भविष्यमा सडक साँघुरो लाग्न सक्ने, खानेपानीको अभाव हुनसक्ने, फोहोरमैला व्यवस्थापन चुनौती बन्न सक्ने लगायतका समस्यालाई ध्यानमा दिएर काम गरिरहेको बताए ।

वडाध्यक्ष के.सी.ले वडाको विकासका लागि आफ्ना तर्फबाट गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनताको चाहना र भावना अनुसार नै आफू सदैव चल्ने बताए । अहिले मानवीय समवेदना हराएको र सहयोगी मानसिकता कम हुँदै गएको बेला मन्दिर निर्माणार्थ १५/२० लाख पर्ने जग्गा दान दिनु सामान्य कुरा हैन भन्नुहुँदै वडाध्यक्ष के.सी.ले जग्गादातालाई धन्यबाद दिनुभयो। उहाँले मन्दिर निर्माणकाे लागि आवश्यक सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता पनि सो अवसरमा जनाउनुभयो।

कार्यक्रममा एकिकृत मुहान संरक्षण समितिका संयोजक कृष्णबुद्ध बजगाई, एकिकृत समाजवादी काभ्रेका उपसचिव भेषराज शाह, त्रिवेणी टोल सुधार समितिका अध्यक्ष सुदिप पौडेल, जग्गादाताको तर्फबाट तेज नेपाली र बुद्दि महत लगायतले मन्दिर निर्माण जस्तो पवित्र काममा सबैलाई सहयोग गर्न अपिल गर्दै आफुहरुको पनि सक्रिय सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। त्रिवेणी टोल मन्दिर निर्माण समितिका अध्यक्ष माधव बजगाईंको सभापतित्व र सचिव दिपनारायण पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा मन्दिर निर्माणार्थ रकम स्थानीयवासी तथा समाजसेवीहरुबाट संकलन भइरहेको जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार