मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काठमाडौ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह, २ हजार ३ सय १४ विद्यार्थी दीक्षित हुँदै
काठमाडौ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह, २ हजार ३ सय १४ विद्यार्थी दीक्षित हुँदै

Thearaniko Times 1394+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

धुलिखेल/काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोह शुक्रबार भाद्र १४ गते हुने भएको छ । दीक्षान्त समारोहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रमको बारे आयोजित पत्रकार सम्मेलनमा २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति ओली धुलिखेल आउने जानकारी दिइएको हो । २०८१ श्रावण ३० गते सम्पन्न काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकबाट उक्त दिन दीक्षित हुने विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने निर्णय गरेको थियो ।

काठमाडौ विश्वविद्यालयले स्नातक र सो भन्दा माथिका तहका परीक्षा उर्तिण गरिसकेका विद्यार्थीहरुलाई सम्वन्धित तहको शैक्षिक उपाधी प्रदान गर्न २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रम आयोजना गरेको हो । स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८ जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन् ।

उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गर्नेछ ।

त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिने बताइएको छ ।

अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।

समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ । पत्रकार सम्मेलनमा पछिल्लो शैक्षिक अवस्था, विश्वविद्यालयले भोगिरहेको अवस्था, अस्पताल र विश्वविद्यालयसँगको सम्वन्धका बारेमा जानकारी गराईएको थियो ।

उपकुलपति प्रा.डा.भोला थापा, रजिस्ट्रार प्रा.डा.अच्युत वाग्ले, विभिन्न विभागहरु, डिनहरु, प्रवक्ता एक्कुमाया पुन, दिनेश काफ्ले लगायतले विश्वविद्यालयको दीक्षान्त समारोहका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार