मुख्य समाचार
काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै | नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं | २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान | त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी | काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त | पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति? | बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी | इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न | र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा | जनताले वर्तमान सरकारलाई कार्य सम्पादनको मूल्याङ्कन माइनस डिग्री दिएका छन् । |

काठमाडौ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह, २ हजार ३ सय १४ विद्यार्थी दीक्षित हुँदै
काठमाडौ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह, २ हजार ३ सय १४ विद्यार्थी दीक्षित हुँदै

Thearaniko Times 1057+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

धुलिखेल/काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोह शुक्रबार भाद्र १४ गते हुने भएको छ । दीक्षान्त समारोहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रमको बारे आयोजित पत्रकार सम्मेलनमा २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति ओली धुलिखेल आउने जानकारी दिइएको हो । २०८१ श्रावण ३० गते सम्पन्न काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकबाट उक्त दिन दीक्षित हुने विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने निर्णय गरेको थियो ।

काठमाडौ विश्वविद्यालयले स्नातक र सो भन्दा माथिका तहका परीक्षा उर्तिण गरिसकेका विद्यार्थीहरुलाई सम्वन्धित तहको शैक्षिक उपाधी प्रदान गर्न २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रम आयोजना गरेको हो । स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८ जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन् ।

उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गर्नेछ ।

त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिने बताइएको छ ।

अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।

समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ । पत्रकार सम्मेलनमा पछिल्लो शैक्षिक अवस्था, विश्वविद्यालयले भोगिरहेको अवस्था, अस्पताल र विश्वविद्यालयसँगको सम्वन्धका बारेमा जानकारी गराईएको थियो ।

उपकुलपति प्रा.डा.भोला थापा, रजिस्ट्रार प्रा.डा.अच्युत वाग्ले, विभिन्न विभागहरु, डिनहरु, प्रवक्ता एक्कुमाया पुन, दिनेश काफ्ले लगायतले विश्वविद्यालयको दीक्षान्त समारोहका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार