मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
३० माघ २०८२, बिहीबार

चौरीदेउराली। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेद्वारा चौरीदेउराली गाउँपालिका–१ वाङ्थलीमा वडा कार्यालय उद्घाटन गरिएको छ। सो अवसरमा ६१ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ।

वडा स्तरीय बैठकबाट राजु आले तामाङको संयोजकत्व र सागर तामाङको सह–संयोजकत्वमा निर्वाचन परिचालन समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। बैठक यही २८ गते सम्पन्न भएको थियो।

वडा कार्यालय उद्घाटन कार्यक्रम पार्टी केन्द्रीय सदस्य रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय सदस्य राजीव लामा, प्रदेश कमिटी सदस्य दुर्गा सिंह लामा, हरि खड्का, तेज पन्तसहित जिल्ला तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको संरक्षण वर्तमान राजनीतिक चुनौतीको मुख्य विषय भएको बताउनुभयो। उहाँले नेकपाको विजयले मात्र संविधान र व्यवस्थाको रक्षा सम्भव हुने दाबी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको विजय सुनिश्चित गर्न संगठनलाई एकताबद्ध रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले संगठन सुदृढीकरण गर्दै निर्वाचन तयारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम वडा कमिटी संयोजक राजु आले तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार