मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

आज बस्ने भनिएको सर्वदलीय बैठक पर सर्यो

Thearaniko Times 1375+ समाचार ( )
८ माघ २०७८, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज हुने भनिएको सर्वदलीय बैठक अनिश्चित भएको छ। 

स्थानीय तहको निर्वाचनबारे शनिबार ९ बजे गर्ने भनिएको बैठक अनिश्चित भएको हो।

सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएका थिए। तर अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको छैन। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने ।

यसैबीच एमाले नेता विष्णु रिमालले आफूहरूलाई प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकबारे कुनै खबर नआएको बताएका छन् । यता प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । ‘स्थानीय तहको निर्वाचनबारे पहिले संविधानविद्हरूसँग छलफल गर्ने र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ’, बालुवाटार स्रोत भन्यो।

हिजो बसेको समन्वय समितिको बैठकमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेका थिए।

यसअघि सत्तारूढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा संघीय निर्वाचन र कात्तिक मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेपछि राजनीति तरंगीत भएको छ। समयमै निर्वाचन गर्नुपर्ने र स्थानीय तह नेतृत्वविहिन बनाउन नहुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बताउँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार