मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
चार पुस्ताले गरे अभ्युदयको लोकार्पण

Thearaniko Times 1394+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । कवि सुमन थापा सङ्गमको कविता सङ्ग्रह अभ्युदय लोकार्पित भएको छ। 

राजधानीमा आयोजित एक कार्यक्रममा कविका ८४ वर्षका पिता सहित छोरी र नातिनातिनीह समेतले उक्त कृतिको लोकार्पण गरे । 

अभ्युदयकी कवि सङ्गम आफैैले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधीमूलक महानुभावहरुको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाएकोमा आफ्नो लागि खुशी मिलेको बताइन् । यो भन्दा खुशी मेरो लागि के छ र उनले भनिन्। 

चर्चित कवि र साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरु बढी भएको बताए । उनले भने प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम,प्रेमीप्रेमिकाको प्रेम,देशप्रेम,पशु र प्राकृतिक चिजवस्तुहरुमाथिको प्रेम कविताहरुमा छरिएका छन् । कविका कविताहरुमा उनका मनका पीडाहरु आएका छन् भन्दै डा.श्रेष्ठले कविताहरु स्वच्छन्दवाद,नीजात्मक,आशा र निराशाहरु पोखिएका प्रतिकात्मक चेतका भएको आफूले पाएको बताए । उनले अगाडि भने सुन्दर र मिहिन ढंगले कवितले प्रतिक र बिम्बहरु खेलाउनुभएको छ ।सुख दुख अभिव्यक्तिको माध्यम कवितालाई बनाएर कविता लेख्नुभएको छ । कविता मनदेखि पढ्यो भने पाठकलाई भावुक बनाउँछ । 

यसअघि कवि सङ्गमकी छोरी समिक्षा के.सी.ले उपस्थित सबैलाई स्वागत गर्दै भनिन् ममिको खुशी शेयर गर्न उपस्थित हुनुभएका सबै आदरणीयजनहरुप्रति हार्दिक आभारी छु । सबैको माया,साथ र सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्दछु । 

अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की,रमी प्रिया,विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले अभ्युदयभित्रका कविताहरु बाचन गरे । 

कवि सङ्गमले आफ्ना केही थान कविता सुनाएर कार्यक्रमको समापन गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार