मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


न्यायालयलाई प्रविधिमैत्री बनाउन पहलकदमी लिनेछु- प्रधानन्यायाधीश श्रेष्ठ, काभ्रे बारका उपाध्यक्ष सहित बहुमत अनुपस्थित

Thearaniko Times 1375+ समाचार ( )
७ पौष २०८०, शनिबार

धुलिखेल/कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनहरुले ६८ औँ स्थापना दिवस मनाएको छ।

उच्च अदालत बार एशोसिएसन पाटन, विशेष अदालत बार एशोसिएसन, काठमाडौं जिल्ला अदालत बार एशोसिएसन, भक्तपुर जिल्ला अदालत बार एशोसिएसन, ललितपुर जिल्ला अदालत बार एशोसिएसन, काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा 'स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा,  सक्षम कानून ब्यवसायी पेशागत मर्यादा' मुल नाराका साथ आज धुलिखेलमा ६८ औं बार दिवस मनाएको हो।


बार दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। 

 उहाँले प्रविधिमैत्री सेवा दिन आफुले प्रयत्न गरिरहेको जानकारी दिनुहुँदै सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री बातावरण बनाउन सकेको खण्डमा अनियमिमता हुने कुरालाई बन्देज गर्न सकिने उहाँले बताउनुभयो । जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौं नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै आफु प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधिकरणमा भिडियो कन्फ्रेन्स मार्फत बहस गर्न सक्ने प्रविधिसंग जोड्न प्रयन्तरत रहेको उहाँले बताउनुभयो । सर्बोच्च अदालतमा अहिले पनि भिडियो कन्फ्रेन्स मार्फत बहस गर्न सकिने भएकाले सुरुवात गर्न उहाँले कानुन व्यवसायिहरुसंग आग्रह गर्दै त्यसको लागि आफु तयार रहेको बताउनुभयो । केहीदिन अघि प्रविधिको प्रयोग गरेर धनकुटाबाट बहस गरेको जानकारी दिनुहुँदै उहाँले प्रविधिमैत्री बनाउन आफु तयार रहेको बताउनुभयो । ‘भिडियो कन्फ्रेन्समार्फत बहस गर्न चाहनुहुन्छ भने तपाई सन्देश पठाईदिनुस्’, उहाँले भन्नुभयो,- ‘प्रविधिमार्फत जनतासंग नजिक हुने र न्यायमा पहुँचका लागि धेरै सरल बनाउँछ ।’ प्रविधि प्रयोगमा सुधार ल्याउनका लागि सबैमा गर्न नसकेपनि कुनै क्षेत्रमा मात्रै भएपनि गरौं कि भनेर सोच बनाईरहेको र त्यसलाई कार्यान्वयन गर्ने अन्तिम अवस्थामा पुगेको उहाँले बताउनुभयो । प्रविधिमैत्री मात्रै बनाएर नपुग्ने भएकाले त्यसमा सबैको लगाव र झुकाव समेत आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । यसअघि कोभिडको वेलामा त्यसलाई प्रयोगमा ल्याएको भएपनि अहिले त्यो प्रयोगमा नआएको बताउँदै भएको सामग्री समेत उपयोग नभएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महान्यायाधिवक्ता दिनमणि पोख्रेल, नेपाल बारका पुर्व अध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, पुर्व महासचिव एकराज भण्डारी, पुर्व महान्यायाधिवक्ता रमेश बडाल, बारका पुर्व उपाध्यक्ष हर्कबहादुर रावल, नेपाल बारका महासचिव अन्जिता खनाल, बारका महिला समिति उपाध्यक्ष आशा राइ लगायतका वक्ताहरुले स्वतन्त्र र जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि प्रतिवद्ध हुँदै बार दिवसको महत्वबारे प्रकाश पारेका थिए ।

न्यायपालिकाको विद्यमान समस्या र चुनौतीहरुका सन्दर्भमा व्यक्त गरेका चिन्ताले न्यायपालिकाको सुधार र गतिशिलतामा उर्जा मिल्ने उहाँको भनाई छ ।

आयोजक बारका अध्यक्षहरुले पनि मन्तव्य राख्नुहुँदै कार्यक्रममा काठमाडौं जिल्ला अदालत बारका अध्यक्ष अधिबक्ता रामचन्द्र पौडेलले एक अर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गर्नुभयो । 

काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा काभ्रे बारका १३ जना कार्यसमिति सदस्यमध्ये उपाध्यक्ष, सचिवसहित ९ जनाले कार्यक्रममा अनुपस्थित रहेका थिए। अध्यक्ष ज्यूको एकल निर्णय मात्र भयो त्यसैले कार्यक्रममा सहभागी नभएकाे एक कार्यसमिति सदस्यले बताए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार