मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

भण्डारीको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध

Thearaniko Times 1369+ समाचार ( )
२६ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं।लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धको छैठौं साधारण सभा सम्पन्न भएको छ। आज काठमाडौंमा भएको साधारण सभाले  बदन कुमार भण्डारीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

साधारण सभाले ( सन :२०२३-२४) एक वर्षको लागि नयाँ कार्यसमिती निर्वाचित गरेको हो। क्लवको नवनिर्वाचित अध्यक्षमा बदन कुमार भण्डारी ,प्रथम उपाध्यक्ष रुप बहादुर रावल, सचिब केबि पौडेल र कोषाध्यक्षमा सहदेब भण्डारी रहनु भएको छ ।  क्लवमा निर्वाचित अन्य पदाधिकारी र डारेक्टर गरी २९ सदस्यीय कार्यसमिति चयन भएको छ। लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध एक सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था हो।

आज सम्पन्न साधारण सभा कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ आईका डिष्टिक चिफ एडभेन्चर पार्बती खरेल पाण्डे रहनुभएको थियो। लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णु भण्डारीको नेतृत्वमा रहेको निर्वाचन मण्डलले सम्पन्न गराएको निर्वाचनमा क्लवका  पूर्ब अध्यक्षहरु हरी अधिकारी , लक्ष्मी कट्टेल , राम श्रेष्ठ र बर्तमान अध्यक्ष अर्जुन ज्ञवाली निर्णायक समुहमा रहनुभएको थियो। 

 हाल नेपालमा भएका सामाजिक संस्था मध्य लायन्स क्लव अग्रिनी संस्था हो । यो संस्था लायन्स क्लब इन्टर्नेशनल ३२५आई  नेपाल अन्तर्गत लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध पर्दछ ।

उक्त संस्थाका नवनिर्वाचित अध्यक्ष भण्डारी एक सफल व्यवसायी, कुसल राजनितिज्ञ , स्पष्ट वक्ता तथा  सामाजिक क्षेत्रमा क्रिर्याशिल व्यक्ति हुनुहुन्छ। विद्यार्थी राजनीति बाट समाज सेवामा पनि कार्यरत अध्यक्ष भण्डारी बिगत ६ वर्षदेखि यो संस्थामा रहेर काम गरिरहनुभएको छ। 

लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धको अध्यक्षमा निर्वाचित भएपछि टुकी नेटवर्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले "आफुले क्लवको  नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो "। उहाँले भन्नुभयो,"आगामी दिनमा  म यस संस्थालाई फरक ढङ्गबाट सञ्चालन गर्ने र चलायमान बनाउदै सामाजिक कार्यमा सक्रिय हुने छु । " लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध सेवा मुलक संस्था भएकोले सधै सामाजिक कार्यमा सक्रिय भइरहने  छ,भण्डारीले प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार