मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

भण्डारीको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध

Thearaniko Times 1403+ समाचार ( )
२६ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं।लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धको छैठौं साधारण सभा सम्पन्न भएको छ। आज काठमाडौंमा भएको साधारण सभाले  बदन कुमार भण्डारीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

साधारण सभाले ( सन :२०२३-२४) एक वर्षको लागि नयाँ कार्यसमिती निर्वाचित गरेको हो। क्लवको नवनिर्वाचित अध्यक्षमा बदन कुमार भण्डारी ,प्रथम उपाध्यक्ष रुप बहादुर रावल, सचिब केबि पौडेल र कोषाध्यक्षमा सहदेब भण्डारी रहनु भएको छ ।  क्लवमा निर्वाचित अन्य पदाधिकारी र डारेक्टर गरी २९ सदस्यीय कार्यसमिति चयन भएको छ। लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध एक सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था हो।

आज सम्पन्न साधारण सभा कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ आईका डिष्टिक चिफ एडभेन्चर पार्बती खरेल पाण्डे रहनुभएको थियो। लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णु भण्डारीको नेतृत्वमा रहेको निर्वाचन मण्डलले सम्पन्न गराएको निर्वाचनमा क्लवका  पूर्ब अध्यक्षहरु हरी अधिकारी , लक्ष्मी कट्टेल , राम श्रेष्ठ र बर्तमान अध्यक्ष अर्जुन ज्ञवाली निर्णायक समुहमा रहनुभएको थियो। 

 हाल नेपालमा भएका सामाजिक संस्था मध्य लायन्स क्लव अग्रिनी संस्था हो । यो संस्था लायन्स क्लब इन्टर्नेशनल ३२५आई  नेपाल अन्तर्गत लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्ध पर्दछ ।

उक्त संस्थाका नवनिर्वाचित अध्यक्ष भण्डारी एक सफल व्यवसायी, कुसल राजनितिज्ञ , स्पष्ट वक्ता तथा  सामाजिक क्षेत्रमा क्रिर्याशिल व्यक्ति हुनुहुन्छ। विद्यार्थी राजनीति बाट समाज सेवामा पनि कार्यरत अध्यक्ष भण्डारी बिगत ६ वर्षदेखि यो संस्थामा रहेर काम गरिरहनुभएको छ। 

लायन्स क्लव अफ काठमाडौं लर्ड बुद्धको अध्यक्षमा निर्वाचित भएपछि टुकी नेटवर्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले "आफुले क्लवको  नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो "। उहाँले भन्नुभयो,"आगामी दिनमा  म यस संस्थालाई फरक ढङ्गबाट सञ्चालन गर्ने र चलायमान बनाउदै सामाजिक कार्यमा सक्रिय हुने छु । " लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध सेवा मुलक संस्था भएकोले सधै सामाजिक कार्यमा सक्रिय भइरहने  छ,भण्डारीले प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार