मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सहकारी
नेफ्स्कून सुर्खेत सेवा कार्यालय घटनाविरुद्ध कर्मचारी आन्दोलित

Thearaniko Times 1394+ समाचार ( )
माग सम्बोधन नभए देशभर सेवा ठप्प पार्ने चेतावनी
२० पौष २०८२, आइतबार

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गत सुर्खेत सदस्य सेवा कार्यालयमा २०८२ साल पौष १८ गते भएको घटनाप्रति संघ व्यवस्थापन तथा कर्मचारी पक्षले गम्भीर आपत्ति जनाएका छन्।

संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे) ले कार्यस्थलमै कर्मचारी मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लागेपछि संघमा कार्यरत कर्मचारीहरूले आफूहरू असुरक्षित भएको निष्कर्ष निकालेका छन्।

घटनाको विरोधस्वरूप नेफ्स्कूनका सम्पूर्ण कर्मचारीहरूले व्यवस्थापनसमक्ष छ बुँदे माग प्रस्तुत गरेका छन्। उनीहरूले घटनाको कानुनी निष्कर्ष नआएसम्म सञ्चालक रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्नुपर्ने, साथै पीडितसहित सबै कर्मचारीको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।

त्यसैगरी कर्मचारीहरूले संघभित्र निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाइनुपर्ने, समिति तथा उपसमितिहरूको कार्यकारी हस्तक्षेप अन्त्य गर्नुपर्ने र विनियम तथा कार्यविधिबाहेकका प्रशासनिक दबाब रोक्नुपर्ने माग गरेका छन्। संघका सबै कार्यालयमा रहेका उपसमितिका कार्यकक्ष हटाउनुपर्ने माग पनि उनीहरूको छ।

कर्मचारी पक्षका अनुसार नेतृत्व तहबाट देखिएको अमर्यादित व्यवहारले संघको संस्थागत छविमा गम्भीर क्षति पुगेको छ। त्यसैले समिति वा उपसमितिमा संलग्न कुनै व्यक्ति वा उनी आबद्ध सहकारी संस्था कालोसूचीमा परेको, कारबाहीमा रहेको वा कानुनी विवादमा फसेको प्रमाणित भएमा तत्काल कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ।

सुर्खेत घटनाले कर्मचारीहरूको मनोबलमा ठूलो असर परेको उल्लेख गर्दै मागहरू पूरा नभए संघका सबै कार्यालयबाट प्रवाह हुने सेवा पूर्ण रूपमा बन्द गरिने चेतावनी दिइएको छ। साथै आवश्यक परे चरणबद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने पनि जनाइएको छ।

आन्दोलनका कारण सेवा प्रवाहमा अवरोध भई सदस्य संघ–संस्थालाई पर्न सक्ने असुविधाप्रति भने व्यवस्थापन पक्ष क्षमाप्रार्थी रहेको कुरा कर्मचारीहरूले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार