मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाएको खुशीयालीमा बनेपामा दिप प्रज्वलन

Thearaniko Times 1401+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काभ्रे / जिल्लाको व्यस्त बजार बनेपाको चारदोबाटोमा बागमती प्रदेश सरकारले तामाङ्ग भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाएको खुशीयालीमा दिप प्रज्वलन गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ  जिल्ला समन्वय परिषद् काभ्रेको आयोजनामा गरिएको कार्यक्रममा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा दुई भाषालाई सरकारी कामकाजको भाषा बनाएकोमा खुशीयाली साटासाट गर्दै दिप प्रज्वलन गरिएको सचिव हरि चन्द्र लामाले बताउनुभयो । 

प्रमुख आतिथि जिसस काभ्रेका उपप्रमुख रिमबहादुर तामांङ्गले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आज खुशीको दिन भएको बताउनुभयो । उनले हिजो जनजातिमा पनि तामाङ जातिलाई मासिन्या भनेर अपमान गरिन्थ्यो आज त्यही जातिको भाषालाई राज्यले सरकारी कामकाजीको भाषा बनाउँदा खुशी नहुने कुरै भएन भन्नुहुँदै यो दिनसम्म आउँदा यो व्यवस्था ल्याउन र यो व्यवस्थामा पनि मात्रृभाषालाई नै सरकारी कामकाजको भाषा बनाएको दिन आम जनजातिहरुका लागि गर्वको क्षण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल काभ्रे, हलि नेवा गुठी, मगर, दनुवार, माझी लगायत विभिन्न घटक संगठनहरुको उपस्थिति रहेको दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् काभ्रेको उपाध्यक्ष होमराज माझी र स्वागत अर्का उपाध्यक्ष साधुराम राना मगर गर्नुभएको थियो भने सञ्चालन सचिव हरि चन्द्र लामाले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार