मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

खानीखोलाका कफी उत्पादक किसानलाई पालिकाले बाँडे अनुदान

Thearaniko Times 1073+ समाचार ( )
१७ असार २०८१, सोमबार

खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान वितरण गरिएको छ । 

पालिकाले लिएको नीति अनुसार ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो।चालु आर्थिक वर्षमा पालिकाले कफी उत्पादक कृषकहरुलाई समूहगत रुपमा प्रदान गर्दै आएको २१ लाख रुपैयाँ विभिन्न कृषक समूहलाई वितरण गरेको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले बताउनुभयो । पालिकाले सामुहिक उत्पादनमा जोड दिदै कृषक समूह बनाएर उन्नाईस वटा समूहलाई अनुदान वितरण गरेको उहाँले बताउनुभयो । उत्कृष्ट समूह मध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार ४३४ केजी उत्पादन गरेको पालिकाले जनाएको छ । जसबाट ४ लाख, ६३ हजार ३३ रुपैयाँ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको पालिकाले जनाएको छ ।

सो खेतीबाट मात्रै वार्षिक ४ करोडको आम्दानी लिने गरेको कृषकहरु बताउँछन् । त्यसरी कफी उत्पादनबाट आम्दानीको राम्रो स्रात बनाउन सकिने सम्भावना भएको भन्दै पालिकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ नारालाई अगाडी सारेर प्रती केजी ३५ रुपैयाँका दरले अनुदान दिदै आएको छ । गत सालको तुलनामा यसपाली तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको पालिकाले जनाएको छ । गत वर्ष ७ लाख रुपैयाँ अनुदान वितरण गरेको अध्यक्ष थिङले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार