मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

खानीखोलाका कफी उत्पादक किसानलाई पालिकाले बाँडे अनुदान

Thearaniko Times 1369+ समाचार ( )
१७ असार २०८१, सोमबार

खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान वितरण गरिएको छ । 

पालिकाले लिएको नीति अनुसार ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो।चालु आर्थिक वर्षमा पालिकाले कफी उत्पादक कृषकहरुलाई समूहगत रुपमा प्रदान गर्दै आएको २१ लाख रुपैयाँ विभिन्न कृषक समूहलाई वितरण गरेको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले बताउनुभयो । पालिकाले सामुहिक उत्पादनमा जोड दिदै कृषक समूह बनाएर उन्नाईस वटा समूहलाई अनुदान वितरण गरेको उहाँले बताउनुभयो । उत्कृष्ट समूह मध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार ४३४ केजी उत्पादन गरेको पालिकाले जनाएको छ । जसबाट ४ लाख, ६३ हजार ३३ रुपैयाँ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको पालिकाले जनाएको छ ।

सो खेतीबाट मात्रै वार्षिक ४ करोडको आम्दानी लिने गरेको कृषकहरु बताउँछन् । त्यसरी कफी उत्पादनबाट आम्दानीको राम्रो स्रात बनाउन सकिने सम्भावना भएको भन्दै पालिकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ नारालाई अगाडी सारेर प्रती केजी ३५ रुपैयाँका दरले अनुदान दिदै आएको छ । गत सालको तुलनामा यसपाली तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको पालिकाले जनाएको छ । गत वर्ष ७ लाख रुपैयाँ अनुदान वितरण गरेको अध्यक्ष थिङले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार