मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ विरुद्ध बनेपामा प्रदर्शन

Thearaniko Times 1394+ समाचार ( )
८ असार २०८१, शनिबार

बनेपा– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज बनेपामा जनप्रदर्शन गरेको छ । 

जनप्रदर्शन पश्चात बनेपाको उग्रचण्डी बैंक्वेटमा भएको सभालाई सम्बोधन गर्नुहुँदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन गरेको बताउनुभयो । पुर्वमन्त्री साहले दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने आफ्नो पार्टीको निष्कर्ष रहेको जानकारी दिनुभयो ।

भ्रष्टाचार, अनियमितता, कुशासनको विरुद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ अध्यक्ष साहको भनाइ थियो।

यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप सशक्त प्रभावकारी एवम् देशव्यापी बनाउने योजना रहेको बिचार राख्नुभयो।

देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै अध्यक्ष शाहले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको विचार राख्नुभयो।

आजपाका उपाध्यक्ष ज्ञानेन्द्र कुमार तामाङले दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गरेको जानकारी दिनुभयो। 

रमेश थपलियाको अध्यक्षता  र प्रशान्त तिमल्सिनाको सन्चालनमा भएको कार्यक्रममा तिलक थापा, त्रिभुवन साह, नारायण खड्का, देवी पन्डित लगायतले मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार