मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

खानीखोलाका गृहिणी महिलालाई सीपमुलक तालिम

Thearaniko Times 1394+ समाचार ( )
१७ असार २०८१, सोमबार

खानीखोला/बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्यमशिल बनाउन सीपमुलक तालिम प्रदान गरेको छ । 

गृहिणी महिलाहरुलाई घरमा नै बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहणी महिला सीपमुलक तालिम सम्पन्न गरेको हो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत साबुन र सरफ बनाउने तालिम दिइएको हो । खानीखोला गाउँपालिका वडा नं. ५ र ६ का महिलाहरुलाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं. ४ मा अचार बनाउने तालिम दिएको पालिकाले जनाएको छ । जागरण नेपालकाे  आयोजनामा भएको तालिममा वडा नं. ५ र ६ का गरी ५० जना र अचार बनाउने तालिममा वडा नं.- ४ का २५ जना महिलाहरुको सहभागी रहेको थियो ।

तालिमले उद्यमशिल बनाउने भएकाले सिकेको सीपलाई व्यवहारमा उतारेर आफ्नो आयआर्जनमा बृद्धि गर्दै अगाडी बढ्न गाउँपालिका अध्यक्ष थिङले सहभागिहरुलाई आग्रह गर्नुभयो । स्थानीय महिलाहरुको मागको आधारमा आवश्यकता अनुसार स्थानीय उत्पादनमार्फत उद्यमशिल बनाउने उद्धेश्यले साबुन, सरफ र अचार बनाउने तालिमपश्चात महिलामा स्वरोजगारका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर भएर जीवनमा परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहहरुमा उत्साह छाएको बताउनुभयो । स्थानीय उत्पादन र सीपको मुल्याङ्कन गरी सहयोगी निकाय र पालिकाको समन्वय तथा सहकार्यमा उत्पादनशिल कार्यमा पालिका सरकार सधैं साथमा रहने उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै सामाजिक विकास संयोजक समेत रहनुभएका वडा नं. ४ का अध्यक्ष निशान मोक्तान र पूर्वाधार विकास संयोजक तथा वडा नं. ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले महिला र युवा जनशक्तिलाई उत्पादनमुलक कार्यमा व्यस्त बनाउने खालको कार्यक्रम निरन्तर सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार