मुख्य समाचार
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण | समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि | आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने | बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू' | काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा | पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप | ‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल | सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड | ‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा | ‎सम्झनाको तरेलीमा निर्मल लामा — ३ |

खानीखोलाका गृहिणी महिलालाई सीपमुलक तालिम

Thearaniko Times 1098+ समाचार ( )
१७ असार २०८१, सोमबार

खानीखोला/बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्यमशिल बनाउन सीपमुलक तालिम प्रदान गरेको छ । 

गृहिणी महिलाहरुलाई घरमा नै बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहणी महिला सीपमुलक तालिम सम्पन्न गरेको हो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत साबुन र सरफ बनाउने तालिम दिइएको हो । खानीखोला गाउँपालिका वडा नं. ५ र ६ का महिलाहरुलाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं. ४ मा अचार बनाउने तालिम दिएको पालिकाले जनाएको छ । जागरण नेपालकाे  आयोजनामा भएको तालिममा वडा नं. ५ र ६ का गरी ५० जना र अचार बनाउने तालिममा वडा नं.- ४ का २५ जना महिलाहरुको सहभागी रहेको थियो ।

तालिमले उद्यमशिल बनाउने भएकाले सिकेको सीपलाई व्यवहारमा उतारेर आफ्नो आयआर्जनमा बृद्धि गर्दै अगाडी बढ्न गाउँपालिका अध्यक्ष थिङले सहभागिहरुलाई आग्रह गर्नुभयो । स्थानीय महिलाहरुको मागको आधारमा आवश्यकता अनुसार स्थानीय उत्पादनमार्फत उद्यमशिल बनाउने उद्धेश्यले साबुन, सरफ र अचार बनाउने तालिमपश्चात महिलामा स्वरोजगारका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर भएर जीवनमा परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहहरुमा उत्साह छाएको बताउनुभयो । स्थानीय उत्पादन र सीपको मुल्याङ्कन गरी सहयोगी निकाय र पालिकाको समन्वय तथा सहकार्यमा उत्पादनशिल कार्यमा पालिका सरकार सधैं साथमा रहने उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै सामाजिक विकास संयोजक समेत रहनुभएका वडा नं. ४ का अध्यक्ष निशान मोक्तान र पूर्वाधार विकास संयोजक तथा वडा नं. ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले महिला र युवा जनशक्तिलाई उत्पादनमुलक कार्यमा व्यस्त बनाउने खालको कार्यक्रम निरन्तर सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार