मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
सहकारी प्रकरण: रवि लामिछाने तत्काल संसद प्रवेश गर्न नपाउने

Thearaniko Times 1394+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल संसदीय भूमिकामा सहभागी हुन नपाउने भएका छन्। उनीविरुद्ध सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बनकै अवस्थामा रहने भएका हुन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी का अनुसार फौजदारी प्रकृतिका मुद्दा अदालतमा विचाराधीन रहेसम्म सम्बन्धित व्यक्तिले सांसद पदको शपथ लिएर जिम्मेवारी सम्हाल्न मिल्दैन। उनका अनुसार निलम्बन भनेको पद स्थायी रूपमा गुम्नु होइन, मुद्दाको अन्तिम फैसला नआएसम्म जिम्मेवारीबाट टाढा रहनु मात्र हो।

यसअघि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता भएपछि तत्कालीन सभामुख देवराज घिमिरे ले सांसद पद निलम्बन भएको सूचना जारी गरेका थिए। सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ अनुसार यस्तो मुद्दा विचाराधीन रहेसम्म सम्बन्धित पदाधिकारी स्वतः निलम्बित हुने व्यवस्था छ।

यता महान्यायाधिवक्ता सविता भण्डारी ले २०८२ पुस ३० गते कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।

तर उक्त निर्णयविरुद्ध रिट परेपछि विषय हाल सर्वोच्च अदालत मा विचाराधीन छ। अदालतले अभियोजन संशोधनलाई अनुमति दिएमा लामिछाने संसद प्रवेश गर्न पाउनेछन्। अन्यथा मुद्दाको अन्तिम किनारा नलागेसम्म उनी संसदीय गतिविधिमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार