काठमाडौँ – नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार पार्टीको अर्थ योजना विभागले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् ।
उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने थियो–अध्यक्ष नेपालको भनाइ छ ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे। उनले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको उल्लेख गर े। कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको उनको टिप्पणी थियो।
उनले भने, ‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो रु लुम्बिनीको जरुरी थियो रु त्यहाँ अर्बौंको खर्च भएको छ। त्यहाँ पैसा लगानी भएको छ। त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो ।’
पूर्वप्रधानमन्त्री नेपालले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताए । ‘हामीले आवश्यकताको प्राथमिकीकरण पनि गर्दैनौं । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दशवटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनैपनि कुरामा दूरगामी सोचहरु पनि छैन’ उनले भने ।
अर्को प्रशंगमा अध्यक्ष नेपालले–विदेशबाट नेपालमा पैसा आउन कुनै कमी नभएको र भ्रष्टाचारकै कारण आएको पैसाको समेत सही सदुपयोग हुन नसकेको बताए ।
यहाँ म सुनिरहेको छु कि विदेशबाट पैसा आउन कुनै कमी भएको छैन’, उनले भने, ‘पैसाको भण्डार छ गल्फ कन्ट्रीहरु भन्ने हो भने । कतिपय देशहरु नेपालमा लगानी गर्ने, उत्पादन गरेर लाभ लिने र नेपाललाई हस्तान्तरण गर्न इच्छुक रहेपनि यहाँ नलिने गरिएको बताए । त्यसो गर्नुमा भ्रष्टाचार नै कारण रहेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ छ । नेपालमा पर्यटन र हाइड्रो पावरको प्रमोशन गर्नसकेमात्रै नेपालको आर्थिक अवस्था मजवुत बन्ने नेपालको भनाइ छ ।
https://www.youtube.com/watch?v=hmvO4m38kBQ