मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

रोशी गाउँपालिकाद्वारा १७८० परिवारको निःशुल्क स्वास्थ्य विमा

Thearaniko Times 1345+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निणर्य गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरेका हुन् । गाउँपालिकाका ३ हजार ७९ परिवार मध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा पाएका छन् । नेपाल सरकारले ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेका हुन् भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमाशुल्क व्येहोरेको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको जेष्ठ नागरिक स्वास्थ्य वीमा सम्बन्धि समिक्षा कार्यक्रम २०८० मा सो विवरण उल्लेख गरेका हुन् । स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्या अनुसार ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । रोशीको जनसंख्या २३ हजार ७ सय ९० रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उनले बताएका छन् ।
एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ६० बर्ष माथी र ७० बर्ष मूनीको नागरिकको परिवारको गाउँपालिकाको निःशुल्क विमा गरेको हो । त्यसरी नै ७० बर्ष माथीको ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ । ५४ जना पूणर् अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा गरेको छ । ३ परिवारको महिला स्वयमसेवीकाहरूको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी विमा गरेको छ । ४ सय १ परिवारको भने विमा शुल्क आफैले तिरेर विमा भएको छ ।
रोशीका नागरिकलाई कसरी स्थानीय सरकारको महशुस गराउने भन्ने बिषयमा छलफल गरेर निःशुल्क विमा गर्ने निणर्यका साथ अगाडी बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । ‘रोशीका नागरिकलाई स्थानीय सरकार पनि छ है भन्ने महशुस कसरी गराउने भन्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृतसहितको छलफलमा ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्दा हुन्छ भनेपछि हाम्रो कार्यकालको पहिलो निणर्य गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, ‘नागरिकहरूले सेवा पाएर खुसी भएको सुन्दा आनन्द आउँछ । हामीले त्यतिखेर राम्रै निणर्य गरेछौँ भन्ने लाग्छ ।’
तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९/८० मा ८० लाख बजेट छुट्याएकोमा ६२ लाख ५४ हजार एक सय खर्च गर्न सफल भएको लामाले बताए । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाछ बन्चीत नहोस भन्ने हेतुले पनि यस्तो कार्यको शुरुवात गरेको उनले बताए ।
सामाजिक न्यायको क्षेत्रमा नेपाल सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा ६० बर्ष माथीको निःशुल्क स्वास्थ्य विमा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । जतिसक्दो रोशीको जनताले गुनासो नगर्ने गरी काम गर्न कर्मचारीहरूलाई उपाध्यक्ष वाईबाले निर्देशन दिए ।
स्वास्थ्य विमाको क्षेत्रमा रोशी गाउँपालिकाले नमूना काम गरेको स्वास्थ्य विमा बोर्ड काभ्रे संयोजक मुना निरौलाले बताईन । रोशीबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उनले बताईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार