मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आन्तरिक मन्त्री श्रेष्ठको १८ महिने प्रगति विवरण सार्वजनिक

Thearaniko Times 1394+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो १८ महिने कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

श्रेष्ठले २०७९ माघ ११ देखि २०८१ साउन ६ गतेसम्म मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको रुपमा क्रियाशील रहँदा गरेका कार्यहरुको विवरण मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । 

 श्रेष्ठले सरकार गठन भएदेखि हालसम्म ७१ वटा प्रहरी भवन निर्माणमा प्रदेश सरकारले लगानी गरेको तथा ६५ वटा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । 

यस्तै निर्माण सम्पन्न भएकामध्ये ६१ वटा भवन उद्घाटन भई हस्तान्तरण गरिएको तर बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, सिन्धुलीको हर्षही प्रहरी चौकी, नुवाकोटको देउराली प्रहरी चौकी, रामेछापको भुजी प्रहरी चौकी गरी ४ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएपनि हस्तान्तरण गर्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए । 

साथै ६ वटा भवनहरु निर्माणधीन अवस्थामा रहेको जानकारी दिँदै उनले हालसम्म प्रहरी कार्यालय भवनहरु निर्माण गर्न ३ अर्ब ४७ करोड २२ लाख ६४ हजार निकासा भएको बताए । 

यस्तै आफ्नो कार्यकालमा नागरिक प्रदर्शनलाई व्यवस्थित र मर्यादित बनाउन प्रत्येक जिल्लामा सुरुमा १–१ सार्वजनिक नागरिक प्रदर्शनी स्थल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयमा रकम अख्तियारी प्रदान गरिएको, २५ वटा शान्ति पार्कको पूर्वाधार निर्माण तथा स्तरोन्नतीको कार्य सम्पन्न भएको, विपद्मा खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन झण्डै ३ करोड बराबरको लागतमा ६४ प्रकारका विपद् उद्धार सामग्री खरिद गरी भण्डारण गरिएको, विपद् जोखिम रहेका २६ स्थानीय तहलाई ३ करोड ४५ लाख प्रदान गरिएको जानकारी दिए । 

यसैगरी प्रदेश सरकारलाई संस्थागत र सवलीकरण गर्न प्रदेश सरकार गठन भएपश्चात हालसम्म ऐन -६३, अध्यादेश -१४, नियमावली -२५, विनियमावली -२, निर्देशिका -८, कार्यविधि -५५, मापदण्ड -१०, आदेश -७ गरी जम्मा १८४ वटा कानुन निर्माण भएको उनले जानकारी दिए । 

जसमध्ये २०७९।१०।११ बाट २०८१।०४।०६ सम्म ऐन -९, अध्यादेश -१, नियमावली -७, निर्देशिका -४, कार्यविधि -२०, मापदण्ड -६, विधान-२ र आदेश-३ र राजपत्र सूचना- ४३ गरी कुल -९५ कानून प्रदेश राजपत्रमा प्रकाशन गरिएको उनले जानकारी दिए ।

नयाँ सत्ता समीकरण बनेर जम्कट्टेलले राजीनामा दिएसँगै सरकार ढलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार