जब विद्युत प्राधिकरणमा कुलमान घिसिङ जस्ता सच्चा इमान्दार राष्ट्रसेवकको प्रवेश भयो घाटामा गएको विद्युत प्राधिकरणलाई ऋण तिरेर लोड सेडिङ बन्द मात्र गराएनन् चौबिसै घण्टा घर– घरमा उज्यालो दिएर एउटा चमत्कारिक कार्य सम्पादन गर्दै अर्बौ अर्ब नाफामा विद्युत प्राधिकरणलाई पु¥याए भने नयाँ– नयाँ जलविद्युत परियोजना निर्माण गर्दै विदेश स्थित भारत तथा बंगलादेशमा समेत विजुली बेच्न सफल भएको छ, विद्युत प्राधिकरण यसको जस अपनत्व कुलमान घिसिङ बाहेक अस्थायी रुपमा कुर्सीमा बस्ने बिना योजनाका विचार, कार्यशैली र भष्ट्र प्रवृत्तिले डुङडुङती गन्हाएका उर्जामन्त्रीको पटक– पटकको आरिसले केही हुने वाला छैन ।
नेपाल सतिले सरापेको देश भनेको त्यसै होइन रहेछ । दुइ हजार सात सालदेखि प्रजातन्त्रको ठेक्का लिएको काँग्रेस अब आउँदो चौरासीको आँगनसम्म आइपुग्दा नेपाल कहाँ पु¥यायो ? देश र जनतालाई शिरमा नराख्ने, विदेशी दलाल पोस्ने, भु–माफिया लगायत भष्ट्रहरुको मिलेमतोमा लगातार लागि रहँदा वि.पी. गणेशमानको आत्मा कति रोएको होला ? अलिकति लाज र संकोच मानेर जनताबाट लिएको मतलाई सदुपयोग गर्न सकेको भए आज जनताले काँग्रेसलाई धारे हात लगाएर गाली गर्नुपर्ने अवस्था आउने थिएन । यो देशमा बढी सत्ताको स्वाद चाख्ने काँग्रेस, एमाले र तेस्रो वरियतामा माओवादी केन्द्र नै हो ।
विगत ३५ वर्षको अवधि मध्ये काँग्रेसका तिनै पेन्सन पाकेका व्यक्ति प्रधानमन्त्री लगायत राज्यका महत्वपूर्ण अंगमा बसेर देशको सार्वभौम सत्तामा कालो धब्बा लगाउन कुनै कसर बाँकी नराख्ने काँग्रेस अझै किन चेत्दैन ? हिजोको काँग्रेस राणा फाल्न, राजा फाल्न तम्सने तर आजको काँग्रेस २०४६ देखि सत्तामा आएदेखि आजसम्म जनता र देशको लागि कति प्रतिशत अंक प्राप्त ग¥यो काँग्रेसले ? नेताको गलत कदमलाई गलत भनेर काँग्रेसका साँसद चन्द्र भण्डरी जसरी साँसदको रोष्टममा उभिएर जनताको भावना बोलिरहेका छन् तर अरु काँग्रेस किन चुँइक्क बोल्दैनन् ? अब जनतालाई ढाँटेर फेरी सत्तामा पुगिन्छ भनेर सोचेको हो भने त्यो काँग्रेसका लागि दिवा स्वप्न बाहेक केही हुन सक्दैन । आज अमेरिकाले सम्पूर्ण अनुदान सहायता रकमको हिसाब खोजेको र सहयोग नदिने निर्णय गर्दै गर्दा किन रतिभरको चिन्ता छैन काँग्रेसलाई ?
नेपाली काँगे्रस जनताको लागि भन्दा पनि भष्ट्रको उत्पादन गर्न, भष्ट्र जोगाउन र अपराधका कसिंगर छोप्न लागेको कारण आगामी चौरासीमा अवस्था के होला ? जनता झुक्किने अवस्थामा छैनन् । पैसाले मतदाता किन्ने सपना नदेखे हुन्छ । देश आज कुन अवस्थामा छ ? मन्त्रीको कुर्सीमा बस्ने हैसियत कसले दियो ? जनताले होइन ? लाज पचेका व्यक्ति मन्त्रीको कुर्सीमा बसेपछि जनतालाई हर्दैन र उसले पैसाको भरमा पाँच वर्षको एक पटक चुनाव जित्ने र जनतालाई पटक– पटक झुक्काएर अति गरेर आज यो देश मरुभूमी जस्तै भएको छ, भूमी बाँझो छ, गाउँ गाउँमा शुन्यता छ । कृषि उत्पादन छैन र केही उत्पादन भएको किसानलाई राज्यबाट केही सुविधा छैन । बजार निर्माण छैन । भारतीय तरकारी, फलफुलबाट आएको कमिसनले निदाएको सरकार विदेशबाट नेपाली युवा युवतीले पठाएको रेमिट्यान्सले मोज मस्तीमा छ ।
जनतालाई स्वास्थ्य बीमाको चक्रव्यूहमा फसाएर स्वास्थ्य बीमाको अर्बो रकम भुक्तानी रोकेर स्वास्थ्य क्षेत्रलाई बदनाम पारेको छ । अब अस्पताल, स्वास्थ्य, शिक्षा, योजना, परियोजना सञ्चालन गर्न मुख्य बजेट दिने अमेरिका र युरोपियन युनियनबाट पालित पोषित एमालेका कार्यकर्ताको जागिर धरमराएको छ । अब झोलेहरु प्रधानमन्त्री के.पी. ओलीको विकल्पमा देश बनाउने पार्र्टीमा लाग्नुको विकल्प छैन । हिजो सहकारीको नाममा ठुलो माछालाई पक्राउ नगर्ने, लुकाउने, मुद्दाको अनुसन्धानमा नल्याउने र ल्याएतापनि सेटिङमा धरौटीमा छोड्ने, मुद्दा नचलाउने निर्णय गर्ने र साना– साना व्यक्ति जो सहकारीको समितिमा छन् तिनलाई झुठा मुद्दामा फसाएर घर न घाटको बनाउने शासन सु–शासन होइन ।
आजभोली सरकारको नेतृत्व गरेका एमालेका के.पी. ओली जताततै नारावाजीको फन्दामा परेका छन् भने जताततै विरोधै विरोध बाहेक केही छैन र विरोध गरेको व्यक्तिलाई मुसल्टे लगाएर कुटपीट गर्नपनि पछि नपर्ने र आलोचित भइ आलोचनाको पोखरीमा डुब्दा पनि किन एकरति पनि पापको प्रायश्चित नभएको किन होला ? आज दरबार निकटका व्यक्तिले गणतन्त्रको विरोध गर्न किन बाध्य बनायो यो सरकारले ? हिजो राजा फाल्ने, पञ्चायत फाल्ने नेताको आजको अवस्थामा आउँदा सम्पत्तिमा काँचुली फेरिएको छ । खान नपाउने ख्याउटे आज बँगुर जस्तो भएको छ । झुपडीको दु ः ख भुलेर दरबार जस्तो आलिसान महलमा आराम गरेर जनतालाई माहा संकटमा फसाउँदै छ ।
वर्तमान सरकारको मूल्याङ्कन हामी नेपाली जनताले गर्न ढिला गर्न हुदैन । छातिमा हात राखेर हेर्ने हो भने पार्टीको सरकार पार्टीका कार्यकर्ताको लागि मात्र भएको छ जनताका लागि भएको छैन । आज प्रधानमन्त्री के.पी. ओली ले जे जस्तो गरेपनि एमालेले चुँक्क बोल्न नसक्ने गलत भन्न नसक्ने कस्तो असल कार्यकर्ता बनेका रहेछन् ? चिल जस्तो स्वभाव भएको प्रधानमन्त्रीले सत्ता साझेदार काँग्रेसलाई पनि बदनमा गर्नबाट छोड्ने संकेत छैन र आज काँग्रेस एमालेका कारण देश झनै संकटमा फस्दै छ ।
जताततै सरकार शुन्य नम्बरमा परेको वर्तमान अवस्थामा के चाही ठुलो पुरुषार्थ गरेँ भनेर भाषण गर्दै हिडीरहेछ ? उर्जामन्त्रीको निजी मन्त्रालय होइन उर्जा मन्त्रालय, उर्जामन्त्री दिपक खड्का आफै स्काउटको भाडा नतिरी बदनाम भएका व्यक्तिले कुलमान हटाउने सपना नदेख्दा राम्रै होला । आजको यो अवस्था ल्याउने मतियार काँग्रेस एमाले र गणतन्त्र पछि मलजल गरी विभिन्न काण्डमा अछुतो नबनेको माओवादी केन्द्रले पनि सत्ता पद र शक्तिलाई शिरमा राखेको कारण जनताबाट बिलाउँदै गएको कारण आज नेपालको यो अवस्था भएको हो भन्नुमा अन्याय हुँदैन होला सायद ।
सत्तामा छदा जनता बिर्सने सत्ताबाट बाहिर आएपछि रुवावासी किन ? सबै पार्टीको भूमिका व्यवहार हेरेर बसेका छन् नेपाली जनताले । अब यो देशमा काम गर्ने पार्टीलाई मिसन चौरासीको चुनावमा विजयी गराउनु जरुरी छ । नेपाली जनताहरुले अब काँग्रेस एमालेको पैसा, मासु भात र गुलिया कुराको विश्वास गर्ने होइन । नेपाली जनताले अब विवेक प्रयोग गरेर उत्पादनमा जोड दिएर आफ्नै खुट्टामा उभिन सक्ने अभियानको नेतृत्व गर्ने पार्टीलाई विजयी गराउन आजको ज्वलन्त आवश्यकता हो ।
वर्तमान सरकारको मूल्याङ्कन अब नेपाली जनताले सुक्ष्म ढंगले गर्नु जरुरी भइसकेको छ । कुनैपनि क्षेत्रमा परिवर्तन गरी जनतालाई सुखी बनाउन नचाहने वर्तमान सरकार विदेशी प्रभुको इसारामा काम गरी विदेशी मालिक रिझाउन बनेको पुतली सरकार हो । कपडाको पुतली बनाउँदा रंगी विरंगी तरिकाले निर्माण गरे जस्तो यो विचित्रको वास्तविक पहिचान नबनेको जनताको दुस्मन सरकारलाई नेपाली जनताले शुन्य अंकको पुर्णाङ्क दिन ढिला गर्नुहुदैन । भनिन्छ नि कमिलाको प्वाँख उमे्रपछि दिगो हुँदैन त्यस्तै यो सरकारको पनि प्वाँख उम्रिसकेको छ, त्यसैले कुलमान घिसिङ जनताको ढुकढुकी मुटु हुन् र हुनेछन् । प्रत्येक घरको उज्यालोका प्रतिविम्ब हुन् कुलमान । वर्तमान सरकार धमिरा प्रवृत्तिको हुँदा यसले गरेका काम र नम्बर अब नेपाली जनताले दिनुपर्ने हुँदा आगामी चुनावमा काँग्रेस एमालेलाई शुन्य नम्बरको पूर्णाङ्क दिएर बिदाई गर्नु नै नेपाल र नेपालीको भलाई हुनु हो ।
ReplyForward |