मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

१५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : दोस्रो दिन खेल जारी

Thearaniko Times 1403+ समाचार ( )
२८ पौष २०८०, शनिबार
बनेपा २८ पुस । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज दाेस्रो दिन पनि जारी रहेको छ । आजको खेलमा कबड्डी, भलिबल, एथलेटिक्स र तेक्वान्दो खेल प्रतियोगिता भईरहेको छ ।

प्रतियोगिता शुक्रवारबाट बनेपामा सुरु भएको हो । भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दो, कबड्डी र उसु खेलहरु गरी ६ वटा विधामा प्रतियोगिता भईरहेको छ । जसमध्ये कराँते खेल भने शुक्रवार नै सम्पन्न भईरहेको जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामाले बताउनुभयो । तेक्वान्दो, भलिबल, कबड्डी र उसुको बनेपा नगरपालिका वडा नं. ६ बुडोलस्थित कबर्ड हलमा भईरहेको छ । भने एथलेटिक्सको भने वडा नं. ५ को चाईना टाउन खेलमैदानमा भईरहेको छ । जसमा जिल्लाका १३ वटा पालिकाका करिब ९५० जना भन्दा बढी विद्यार्थी खेलाडीहरु सहभागि छन् । त्यसरी प्रतियोगितामा सहभागि भईरहँदा बजेट अभाव रहेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले कम बजेटले नियमित रुपमा गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । खेलकुद विकासको लागि भूमिका खेल्नुपर्ने खेलकुद क्षेत्रमा नियमित कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड बाहेक अरु शिर्षकमा बजेट नै नहुने भएकाले समग्र खेल क्षेत्रको विकासका लागि पनि त्यसरी नै बजेट व्यवस्थापन गर्न राज्यले आवश्यक बजेट व्यवस्थापन गर्नुपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार