होमप्रसाद चौंलागाईं
मण्डनदेउपुर/काभ्रेपलाञ्चोकको उर्वर कृषि तथा पर्यटकीय नगर हो । विश्वले चिन्ने नगरकोटको पयर्टनदेखि कुन्तावेसी, ढाँडखोला सिपाघाट, आँपघारी जोगीटार, ज्याम्दी लगायतको भूभागहरु कृषि तथा पर्यटनको मात्र हब नभएर शैक्षिक क्षेत्रको समेत अब्बल भूमी हो । चण्डेनी भाषा पाठशाला, डेडीथुम्का, ढोडिनी, डेडीथुम्का मा.वि. महादेवस्थान, वागदेवी मा.वि.ज्याम्दी, तपेश्वर मा.वि.देउपुर, लगायतका विद्यालयहरु यहाँको पूराना शैक्षिक धरोहरहरु हुन् ।
समय क्रमको विकाससंगै महाकाली मा.वि. नगरकोट, वालुवा मा.वि. नाल्दुम, द्वारपालेश्वर मा.वि., महाकाली मा.वि., चैनपुर, ब्रम्हयणी मा.वि., गैह्रीविसौना, विन्धवासिनी मा.वि. जोगिटार, चण्डेनी मा.वि., जैसिथोक, इन्द्रावती मा.वि. साण्डीवेसी नगरभित्र माध्यमिक तहको अध्ययन÷अध्यापन हुने विद्यालयहरु हुन् । यसरी नगरभित्र १३ ओटा माध्यमिक तहको पठन पाठन हुने विद्यालयहरु, कक्षा १–८ सम्म पढाइ हुने ४ ओटा, कक्षा १–५ सम्म पठनपाठन हुने १२ ओटा र १–३ सम्म पढाइ हुने १० ओटा विद्यालयहरु अस्थित्वमा रहेका छन् । यसको अलावा संस्थागत विद्यालयहरुमा लिटिल स्टार, मण्डन भ्याली र उइज्डम कम्यूनिटी सहित ३ ओटा माध्यमिक तहका र नव प्रतिभा, ज्यम्दी ईङ्गलिस स्कूल र केन्ट पब्लिक स्कुल सहित ३ ओटा आधारभूत तहका विद्यालयहरु नगरभित्र संचालनमा रहेका छन् ।
हिजो मण्डनका ४ र देउपुरका ३ गाउँ विकास समितिहरुबाट चल्दै आएका ती विद्यालयका शिक्षकहरुमा नगरपालिका भएयता र खास गरी स्थानीय तहको दोस्रो निर्वाचनपछि शिक्षकहरुमा ठूलो त्रासदी फैलन थालेको छ । मेयर मार्फत नगरपालिका बोलाउने, मेयरसाबलाई भेट्न प¥यो, तपाईको सम्वन्ध मेयरसंग किन चिसिन थाल्यो भन्दै जाने र नगरपािलकामा बोलाएर भन्दापनि आफु लागेको दलमा लाग्न अनुनय विनय गर्ने र गरेको नमानेमा लिष्टमा नाम चढा्रउँदै जाने र एउटै शिक्षकलाई एउटै कायर््कालमा ३÷४ पटकसम्म पख्लास् भनेरै सरुवा गर्ने गरेको तथ्यबाट आज नगरका शिक्षकहरु आतंकित माथि थप आतंकित बन्न पुगेका छन् ।
मन पर्दा र सदस्य हो भन्ने लाग्दा एउटै शिक्षकलाई कहिले पाँचखाल, कहिले महाकाली, कहिले अर्कै एउटा विद्यालयको हेडसरको जिम्मेवारी र गडबड होकी भन्ने शंका लाग्न थाल्दा फेरी नगरकोटको टुप्पो र पुनः तर्साएर लाइनमा ल्याउन सकियो भने मानेडाँडाको रवैयाँ बिजोग लाग्दो छ । त्यति मात्र छैन प्रथमिक तहमा नाम निकालेका दलकै हो भन्ने निश्चित भएका शिक्षकलाई पठाइएको पालिकाको विद्यालयमै हाजिर नगराई उमा सह र त्यहाँबाट आँगनको विद्यालय डेडीथुम्कामा नियम मिचेर अवधिको समेत कुनै ख्यालै नगरी दादागिरीको शैलीमा सरुवाहरु गरिएको छ ।
नगरपालिकाको कार्यालयमा बोलाएर तपाई हाम्रो पार्टीको जनजाती महासंघको केन्द्रिय सदस्य बन्नु प¥यो भनियो र बनाइयो । एउटा वैठकमा जर्बजस्त पठाइयो । वैठकमा पुग्दा आपूmलाई जर्बजस्त पु¥याइएको कमिटीप्रति सहभागी शिक्षकको चित्त बुझ्न सकेन । जान छोडे, पुनः बोलाइयो । थ्रेड दिइयो । शिक्षकले मानेन । म शिक्षक हुँ, आप्mनो पहिलेदेखिकै आस्था भएकै ठाउँमा रहन्छु र राजनिति गर्दिन भन्दा मेरो नाम समेटेर लिष्ट बन्ने काम भयो र हाल २ घण्टा हिंड्नु पर्ने गरी सल्लेबास पुगेको छु– एक शिक्षकले नाम नबताउने शर्तमा बताए ।
तपाईं हामी पहिलेदेखि नै एउटै पार्टीमा लागियो । वडामा पनि एउटै । संगसंगै संघर्ष गर्दै र कांग्रेससंग जुध्दै आइयो, अब तपाईंपनि मसंगै र मेरै पार्टीमा लाग्नुपर्छ । शुरुमा आफैं भन्ने प्रयत्न गरियो । फकाउन कांग्रेसका वडाध्यक्ष प्रयोग गर्न खोजियो । समाजवादीका वडामा उठेकाहरुको समेत भनसुन र थ्रेडको प्रवन्ध मिलाइयो । केही नलागेपछि मलाई पनि १ वर्ष अघिबाटै लिष्टमा चढाइयो र यस पटक नगरकोट छेउ पु¥याइएछ, जान्छु । २ घण्टामा पुगिहाल्छु । सुगर र कोलस्टोलको विरामी छु शरिरलाई गाह्रो महसुश भएपनि स्वास्थ्यलाई ठीकै हुन्छ, अर्का एकजना शिक्षकले बताए ।
म पहिलेदेखि नै नेपाल राष्ट्रिय शिक्षक संगठनको आजीवन सदस्य हूँ । संगठनको तर्फबाट बोलाइएको वैठकहरुमा सहभागी हुने गर्दथें । मेरो स्कूलको हेडसर नै जिल्लास्थित संगठनका उपाध्यक्ष हुनुहुन्थ्यो । आपूm लागेको पूरानो पेशागत छाता संगठनमा, संरक्षण नै होला भन्ने लाग्यो । संगठित भइयो र शिक्षक हकहीतको सन्दर्भमा बेलाबखत सहभागी पनि । आखिर लिष्ट बनाउन थालिएछ र चैनपुरबाट सुलिकोट पुगेको छु । केही छैन । आस्था मरेको छैन । म एक युवा हूँ । पेशाले शिक्षक । कर्मठ भएका पेशाप्रति वफादार लाग्नेछु । अर्का एक शिक्षकले भावुक भएर बताए ।
हामी त सरुवाका पटके भएर होला यस पटक छोएनछन् । जहाँ पठाएपनि जान्छौं, नगरभन्दा बाहिर पठाउन र जागिरै खान सक्ने हैन क्यार अर्का शिक्षकले मर्म पोखे । यत्तिमै सिमित छैन, सरुवा काण्डा ! मैले पेशा शुरु गरेदेखिं नैं डेडीथुम्का पढाउँदै आएको हूँ । इमान्दार र कर्तव्यनिष्ठ भएर शिक्षण पेशा गरेको दशकौं बितेछ । अब त ६० वर्ष पुग्न पनि एक डेढ वर्षभन्दा वढी थिएन । जागरि छोडाउने नियतले डेढ घण्टाको बाटो लखेटिएछ । संचय कोषबाट रकम लिएको थिएँ, यो बिचमा जागीर छोड्दा त्यता मिलाउन समस्या, नछोडौं म वूढो मान्छेलाई यो समयमा आएर पीडा दिने काम भयो, अर्का पूराना शिक्षकले वेदना पोख्दै बताए ।
सरसर्ती हेर्दा स्थानीय सरकारले सरुवा गर्ने अधिकारै छ त भन्ने ढंगले पनि कुरा बुझ्न र उठाउन सकिएला तर यहाँ त्यस्तो भएको छैन । शिक्षामा र शिक्षा क्षेत्रमा प्रत्यक्ष राजनीति नगर्दा ठीकै हुन्छ त भन्न पनि सकिएला । त्योमात्र पनि भएकै हैन । २१ जनाभन्दा वढी आधारभूत तहका शिक्षकहरुको सरुवा हुँदा जम्मा जम्मी १ जना मात्र कांग्रेस समर्थक शिक्षकलाई चलाइएको देखिन्छ, त्योपनि टाढाबाट नजिक ल्याउने गरी सहजताकै लागि, सहमतीमा ।
यसरी हेर्दा शैक्षिक सत्रको बिचमा शिक्षकहरुमा आतंक सृजना गर्ने गरी क्रमशः खिलनाथ पराजुलीलाई महाकालीबाट उमा सह, रामबहादुर राई भिमसेन प्रा.वि.बाट पञ्चकन्या, रुद्रनाथ पराजुली डेडीथुम्काबाट विन्धवासिनी, जयासिंह साउत महाकाली चैनपुरबाट महाकाली नगरकोट, शान्ती लामा महाकालीबाट द्वारापालेश्वर, रञ्जु नेपाल महाकालीबाट विन्धवासिनी, नन्दनसिंह जगारी महाकालीबाट द्वारपालेश्वर, केशव सापकोटा द्वारपालेवरबाट जनप्रभात, शविना पौडेल पराजुली जनप्रभातबाट विन्धवासिनी, ऋषिराम ढकाल द्वारपालेश्वरबाट नगरहोप, गंगा सापकोटा धिताल नगरहोपबाट गोल्मेश्वरी, समिर ढकाल उमा सहबाट महाकाली, बलबहादुर गौतम ब्रम्हयणीबाट कालीदेवी, दिलबहादुर राई कालीदेवीबाट भिमसेन, विक्रम तामाङ पञ्चकन्याबाट नन्दज्योती, युवराज डोटेल पञ्चकन्याबाट ब्रम्हयणी, टिकाप्रसाद ढकाल नन्दज्योतीबाट पञ्चकन्या, कञ्चन ज्याख डेडीथुम्का ढोडिनीबाट डेडीथुम्का महादेवस्थान, तुलसा तिमल्सिना द्वारापालेश्वरबाट विन्धवासिनी, शर्मिला बस्नेत ढुंगाना उमा सहबाट ढोडीनी, बालकृष्ण सुवेदी विन्धवासिनीबाट डेडीथुम्का महादेवस्थान र प्रेम लामा कुलाचौरबाट कालीकुमारी सरुवा गरिएको बुझिन आएको छ ।
खासगरी भन्नु पर्दा स्थानीय मातृ भाषामा धेरै कुरा बुझ्ने ठाउँहरुमध्येको प्रमुख जहाँ तामाङ समुदायको पूर्ण बाहुल्यता रहेको हल्देटारमा प्रेमबहादुर तामाङ र झगरपुरमा रामबहादुर राई दनुवारको सरुवा भएकोमा दनुवार र तामाङको स्थानीय मातृभाषा मार्ने खेल भएको समेत बताउन थालिएको छ ।
मेयरको २ कार्यकालमा शिक्षा तर्फको प्रमुख सल्लाहकारको अदृश्य भूमिकामा समय बिताएको र तेस्रो कार्यकाल पुनः एउटै ब्यक्ति मेयर बन्न नसक्ने कानूनी प्रावधान बुझी आपूm सकेसम्म चल्दै गरेको कार्यकालमा सरुवा भएर गृह जिल्ला जाने सोचमा रहेकोले महाकाली मा.वि. चैनपुरका ५ जना शिक्षकहरुलाई तितर बितर बनाउन सफल भएको बताउन थालिएको छ । महासंघ मण्डनदेउपुरको पूर्व अध्यक्ष र नेराशिसंघ काभ्रेका बहालवाला उपाध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक उनलाई विद्यालयका स्थानीय पूर्व कुशल प्रशासक एवं प्रधानाध्यापक आत्माराम नेपालले बनाएको विद्यालयको गुणस्तरको जगमा टेकी महाकालीले हासिल गरेको हालसम्मको जस लिने भाग्यमानी पात्रको रुपमा समेत चिनिने गरिन्छ । २१ भन्दा वढी शिक्षकहरु जो जताबाट जहाँ पुगेपनि यस विचमा जन्मथलो झापै बसेर कोशी प्रदेशबाट वागमतीस्थित मण्डनदेउपुरमा साँठगाँठ गरी शिक्षकहरुलाई दुःख दिने प्रपञ्चको प्रमुख बनेकोमा उनको त्यो कार्य कौशलताको राम्रै चर्चा गरिएपनि स्थानीय शिक्षकहरुले अनावश्यक दुःख पाएकोमा स्थानीय शिक्षाप्रेमीहरुकोे दुःखेसो रहेको देखिन्छ ।
मेयर र उनले प्रतिनिधित्व गर्दै आएको दल, कांग्रेस र माओवादी केन्द्रमा आस्था राख्ने शिक्षकहरुको हकमा जति चलाइयो प्रायः सबैको पाइक मिलाइएको देखिन्छ । १ वर्षसम्म लगाएर कालो कर्तूत सहितको निकृष्ट लिष्ट बनाउने र कर्मचारीको अन्धधुन्ध सरुवा गर्ने कुराले आज सिंगो मण्डनदेउपुर आक्रान्त छ । शिक्षकलाई घोक्राएर कक्षा कोठामा पठाउने प्रपञ्च रचिंदैछ । यसले शिक्षकमा इज्जत, उर्जा र उत्साह वढ्नुको सट्टा इष्र्या, कुण्ठा र विद्वैषको भावना पैदा हुन पुगिरहेको छ । यी र यस्ता कर्मका कारण शिक्षाको गुणस्तरमा अहिलेसम्म बितिरहेको झण्डै ७ वर्षको कार्यकालमा जति खस्किन पुगेको थियो, त्यो अझै दिन दुगुना र रात चौगुना खस्किने छ ।