मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरू सरकारविरुद्ध आन्दोलित

Thearaniko Times 1394+ समाचार ( )
११ असार २०८०, सोमबार

धुलिखेल/काभ्रेका अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरू सरकारविरुद्ध आन्दोलित भएका छन् । 

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने निर्णयले अन्यायमा परेको भन्दै उनीहरू आन्दोलनमा होमिएका हुन् । 

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन काभ्रेले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारलाई विभिन्न मागका सम्बन्धमा ध्यानाकर्षणसमेत गराएको छ । 

हुलाक कर्मचारीहरूले वर्षाैदेखि ७ हजारदेखि ८ हजारसम्म मात्रै तलब लिँदा पनि सरकारले अन्याय गर्न नछोडेको भन्दै दुःखेसो गरे । 

अतिरिक्त हुलाक खारेज गर्न नहुने उनीहरूको माग छ । एसोसिएसन काभ्रेका अध्यक्ष लिला सत्यालले सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए ।

एसोसिएसनका अध्यक्ष सत्यालले सरकारले आगामी आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए । अतिरिक्त हुलाकमा देशभरका करिव १० हजार ८ सय ५३ कर्मचारी आबद्ध छन् ।

‘सरकारले अतिरिक्त हुलाक खारेज गर्दा उनीहरू सबै बेरोजगार हुन्छन् । त्यसकारण हुलाक खारेज गरिनुहुन्न  यदि गर्ने नै हो भने १० वर्षदेखि २० वर्षसम्म काम गरेका कर्मचारीलाई ५ लाख, २० देखि ३० वर्ष काम गरेकालाई ७ लाख, ३० देखि ४० वर्ष काम गरेकालाई ९ लाख र ४० वर्षभन्दा बढी काम गरेकालाई १० लाख रुपैयाँ दिएर मात्रै हटाउन हामीले सरकारसँग माग गरेका छौं, सापकोटाले भने । जिल्ला अध्यक्ष सत्यालले थोरै तलब सुविधामा पनि इमान्दारितापूर्वक काम गर्दै आएका कर्मचारीलाई सरकारले बिचल्ली पार्न नहुने बताए।

उनले आफूहरूको माग राज्यले सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। ‘राज्यले हाम्रो मागलाई बेवास्ता गरेमा जिल्ला हुलाक सेवा बन्द गराउनेतर्फ हाम्रो आन्दोलन केन्द्रित हुनेछ। त्यसकारण अतिरिक्त हुलाक खारेजी नगर्न जोडदार माग गर्दछौँ, सत्यालले भने। काभ्रेमा अतिरिक्त हुलाकमा २ सय १ जना कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार