मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
पार्टीभन्दा माथि पात्रको सवाल - काभ्रे–१ मा राजेश कुमार श्रेष्ठको स्वतन्त्र राजनीतिक यात्रा

Thearaniko Times 1401+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काभ्रेपलाञ्चोक ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा सामाजिक अभियन्ता तथा अनुभवी राजनीतिज्ञ राजेश कुमार श्रेष्ठले “पार्टी मात्र होइन, पात्र पनि रोजौँ” भन्ने सन्देशसहित स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा सक्रिय उपस्थिति जनाएका छन्।

पनौती नगरपालिका वडा नं. ७ निवासी श्रेष्ठको चुनाव चिन्ह ‘आँखीझ्याल’ रहेको छ। सुशासन, संस्कार र समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै उनले यसपटक जनताको प्रत्यक्ष विश्वास जित्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।

श्रेष्ठको राजनीतिक यात्रा वि.सं. २०४० सालमा नेपाली कांग्रेसबाट सुरु भएको हो। लोकतान्त्रिक आन्दोलनका क्रममा उनले करिब सात महिना जेल जीवन बिताएका थिए। बहुदलीय व्यवस्था पुनःस्थापनाका आन्दोलनदेखि सामाजिक तथा संस्थागत नेतृत्वसम्म उनले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनी जनताकै बीचमा रहे। पनौती नगर विकास समिति, खेलकुद विकास समिति तथा विभिन्न युवा र सामाजिक संघ–संस्थामा अध्यक्ष, सचिव र समन्वयकको जिम्मेवारी सम्हाल्दै उनले उल्लेखनीय योगदान दिएका छन्। जनताको दुःख–सुखसँग नजिक रहेर काम गरेको अनुभव नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उनी बताउँछन्।

करिब ४२ वर्षसम्म नेपाली कांग्रेसमा निःस्वार्थ योगदान दिँदै आए पनि पार्टीभित्र मेहनती र प्रतिबद्ध व्यक्तिको उचित मूल्यांकन नभएको गुनासो उनले गरेका छन्।

“राजनीतिमा पालो कुर्दा–कुर्दै जीवन बित्यो, तर कहिल्यै सेवा–सुविधाको लोभ गरिनँ,” श्रेष्ठ भन्छन्।

केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताबाट उम्मेदवारी फिर्ता लिन दबाब आए पनि आफूले गरेको सेवाको कदर जनताले गर्ने विश्वासका साथ यसपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ।

“म जिते पनि हारे पनि जनताकै बीचमा रहनेछु,” उनले भने,

“तर यदि जित हासिल भयो भने काभ्रे–१ का जनताका वास्तविक समस्याहरू संसदसम्म पुर्‍याएर समाधानका लागि दृढतापूर्वक लाग्नेछु।”

निर्वाचनपछि पनि कुनै राजनीतिक बिचलनमा नपरी निरन्तर समाजसेवा र कर्ममा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आम मतदातालाई ‘आँखीझ्याल’ चिन्हमा मत दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार