मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
बनेपामा कक्षा ४–५ स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
२७ माघ २०८२, सोमबार

बनेपा । बनेपा नगरपालिकाको आयोजनामा मिति २०८२ साल माघ २३ गते कक्षा ४–५ स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सरकारी तथा संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा बनेपा नगरपालिका वडा नं. १४ स्थित श्री जागृति आधारभूत विद्यालयका विद्यार्थी सञ्जीव तामाङले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी ग्रेसल्यान्ड एकेडेमी बनेपा–१४ का सुवर्ण विकले दोस्रो र आर्किट इन्टरनेशनल एकेडेमी बनेपा–८ की साविता श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका छन्।

प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु. ४,०००, रु. ३,००० र रु. २,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै, सान्त्वना पुरस्कारस्वरूप शिक्षा सदन माध्यमिक विद्यालय बनेपा–८ का किरण थिङ, आदर्श विद्या मन्दिर बनेपा–११ की रुविना तामाङ र न्यू मोडेल एकेडेमी बनेपा–१० की रुविना तामाङलाई जनही रु. १,००० नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव देवराज निरौलाले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

साथै बनेपा नगरपालिका - १४ का वडाध्यक्ष टुल्कु लामाले वडाको तर्फबाट प्रोत्साहन स्वरुप जागृति आधारभूत विद्यालयका विद्यार्थी सञ्जीव तामाङलाई २ हजार ५ सय प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार