मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राजनीति
कार्की ब्यांक्वेटमा ईश्वर पोखरेल पक्षको अलग भेला, वैचारिक मुद्दा अघि बढाउने निष्कर्ष

Thearaniko Times 1394+ समाचार ( )
५ पौष २०८२, शनिबार

काठमाडौँ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल पक्षधर नेताहरूले शनिबार काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा सम्पन्न भेलामा महाधिवेशनका क्रममा उठाइएका वैचारिक एजेन्डालाई निरन्तर अघि बढाउने निर्णय गरिएको छ।

११ औँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोखरेल पराजित भएपछि उनका समर्थक नेताहरूले पार्टीभित्रै बसेर विचार र पद्धतिका विषयमा बहसलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन्।

भेलामा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, सचिव पदका उम्मेदवार गोकुल बाँस्कोटा लगायत नेताहरूको सहभागिता थियो। महाधिवेशनबाट पोखरेल समूहकै तर्फबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्।

भेलापछि जानकारी दिँदै उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को मर्मअनुसार पार्टी निर्माण तथा आन्तरिक लोकतन्त्र सुदृढ गर्ने विषयलाई विधि र विधानको दायराभित्र रहेर उठाइरहने निर्णय भएको बताए। आफ्ना विचारहरू पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारीसमेत गरिएको उनको भनाइ छ।

भेलाले महाधिवेशनको नतिजाबाट विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै पार्टी एकता र सुदृढीकरणका लागि सकारात्मक र रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका केही गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमा प्रश्न उठाएको भन्दै गम्भीर चासो प्रकट गरिएको छ।

पार्टी संरचनाको दुरुपयोग भएको ठहर गर्दै आगामी दिनमा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिविरुद्ध सचेत रहने निर्णय गरिएको छ। साथै, पार्टीभित्र गुटबन्दी सिर्जना गर्ने वा नेता–कार्यकर्ताबीच विभेद गर्ने प्रयास भए त्यसको कडा प्रतिवाद गर्ने अठोट पनि भेलाले गरेको छ।

नेता भट्टराईले पार्टीभित्र कुनै पनि प्रकारको अराजनीतिक सम्झौता नगर्ने स्पष्ट पार्दै वैचारिक तथा पद्धतिगत संघर्षलाई नै प्राथमिकतामा राखिने बताएका छन्।

महाधिवेशनपछिको यो भेलालाई एमालेभित्र आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार