मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

फागुनको ४ देखि ७ गतेसम्म बनेपामा बृहत् कृषि महोत्सव हुने

Thearaniko Times 1375+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

काभ्रे /काभ्रेको कृषि उत्पादनलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले बनेपामा आगामी फागुन ४–७ गतेसम्म बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को आयोजना गर्न लागिएको छ।

जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापन, जिल्लास्थित् स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा कृषि महोत्सव हुन लागेको मुल समारोह समितिका संयोजक रहेका जिल्ला  समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरणका साथै कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको मुल समारोह समितिका संयोजक गौतमले जानकारी दिए ।

नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने संयोजक गौतमले जानकारी दिए ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायतका स्थानीय कृषि उपज तथा उत्पादनहरु समावेश गरिने कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए । दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरु समेत समावेश गर्न सकिने बताए ।

उत्पादन र प्रशोधनसँग सम्बन्धि उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामाग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु स्टलको रुपमा राख्ने तयारी समेत रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु विदेशिने क्रमलाई न्युनिकरण गर्ने लगायतका उपलब्धीको अपेक्षा गरिएको छ  ।महोत्सवका लागि करिब १ करोड १५ लाख रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार