मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ-विरोध खतिवडा

Thearaniko Times 1394+ समाचार ( )
१२ माघ २०७८, बुधवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता विरोध खतिवडाले आउने चुनावमा केपी शर्मा ओलीको भन्दा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन् । उनले भने केपी बा जिन्दाबाद भन्दै हिड्ने कार्यकर्तालाई आमाले थप्पड हानिन्।

उनले भने,‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईंले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको पनि आरोप लगाए । उनले भने,‘जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ?

न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु । अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन् ।’

केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको उनको भनाई छ । उनले भने,‘केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ । उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ । केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार