मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

काभ्रेमा कृषि क्याम्पसकाे आवश्यकता छ, योजना लिएर आउनुस् - मुख्यमन्त्री जमकट्टेल

Thearaniko Times 1375+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री जमकट्टेल

काभ्रे /बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि काभ्रेमा कृषि क्याम्पसको आवश्यकता रहेको बताउनुभयो।

काभ्रेमा आज जिल्ला खेलकुद विकास समितिको भवन उद्घाटन तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले कृषि क्याम्पस एउटा विल्डिंङ्ग र थोरै जग्गामा मात्र नभई एक दुई हजार रोपनी क्षेत्रफ़लमा स्थापना गर्ने गरि कार्यक्रम बनाउन काभ्रेबाट प्रतिनिधित्व गर्ने प्रदेशका मन्त्री तथा सांसदहरुलाई आग्रह गरे। कृषिमा दक्ष जनशक्ति उत्पादन गर्न र कृषि उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकतातर्फ लैजानु पर्ने अहिलेको आवश्यकता रहेकोमा उनले जोड दिए।

मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई अत्यन्तै महत्वका साथ अघि बढाएको बताएका थिए । उहाँले बागमती प्रदेशले हालसालै प्रदेश सरकाररले गरेका कार्यहरु विवरण सार्वजनिक गरेको कुरा जानकारी दिनुहुँदै त्यो उपलब्धि अध्ययन गर्न अनुरोध समेत गरेका थिए।

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले खेलकुदमा अनुशासनको आवश्यकता भएकाले अनुशासित भै खेल खेलेमा जित हासिल गर्न सकिने बताए।

यसैगरी बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले १५ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई एउटा उत्सवको रुपमा मनाउँदै प्रतियोगितालाई भव्य र सभ्य रुपमा समापन गर्न आयोजकलाई सुझाव दिएका थिए। उहाँले सबैतिर रंगशाला बनाउन सकिन्न भन्नुहुँदै जिल्लास्तरीय, पालिका स्तरीय र वडास्तरीय गरी वर्गिकरण गर्ने र आवश्यकताको आधारमा रंगशाला, खेलमैदान बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमममा बागमती सरकारका पुर्व खेलकुद मन्त्री एवम् प्रदेश संसद रत्न ढकालले आफु मन्त्री हुँदा खेल क्षेत्रको विकासका लागि थुप्रै ऎन कानुन संसोधन गरेको बताए। संघीय सांसद सुर्यमान दोङ, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, बागमती खेलकुद परिषद्का सदस्यसचिव सुर्य भन्डारी, भेषराज शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा पुर्व ध्यक्ष सचितानन्द के.सी.ले स्वागत मन्तव्य राख्नुभएको थियो।

काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाकाे अध्यक्षता र  सञ्चालन कार्यालय प्रमुख बलराम शर्माले गर्नु भएको कार्यक्रममा काभ्रे खेलकुद विकास समितिका पुर्व अध्यक्षहरु गोरेबहादुर थापा, सौरभराज कायष्थ, तिर्थबहादुर पसखल, विकास श्रेष्ठ, लोकनारायण भैल, कुमार थापा, रघुबर चौप्रधान, जयबहादुर वाइवा, सचितानन्द के.सी. लाई प्रमाणपत्र दिएर सम्मान गरेका थिए। कार्यक्रममा पुर्व कर्मचारी र खेलाडीलाई पनि सम्मान गरेका थिए।‌

कार्यक्रममा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले स्वागत तथा नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिता ३ दिनसम्म चल्ने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार