मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

दिपावली २८१ को सन्दर्भमा
काग तिहारको के छ त धार्मिक महत्व !

Thearaniko Times 1372+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

पं-बालमुकुन्द देबकोटा

मिती २०८१ साल कार्तिक १४ गते बुधबार कार्तिककृष्ण त्रयोदशी तिथी अपरान्ह: १ / ०५ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ हुनाले यस दिन कागको पूजा गर्ने गरिन्छ।

कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।हिन्दू धर्मालम्विहरूले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् ।यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।


यसरी रहँदा(बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई के मन लाग्छ वर मागू भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी(भाइ दाजु(बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन्।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ। काग अत्यन्त चलाख पक्षी हो ।काग सर्वभक्षी प्राणी हो ।यसको पूजा गर्नुका विभिन्न कारण छन् ।कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ ।फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ ।

यो दिन जसले साँझमा आफ्नो घरको ढोकामा बत्ति बाल्दछ ‘मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह ,त्रयोदश्यां दिपदानत् सूर्यज स्प्रियतामिति’र अर्थात् त्रयोदशीको दिन दिपदान गर्नाले मृत्यु ,पाश ,दण्ड ,काल र लक्ष्मीकोसाथ सूर्यननन्दन यम प्रसन्न हुनुहुनेछ।त्यसैले यो दिन ढोकामा दिपदान गर्नाले उसलाई अपमृत्युको भय हुँदैन।भइहाले पनि उसले यमराजको पुर्र नरक लैजानुपर्दैन।काग कालो रङ्गको एक चराको नाम हो।यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ।कागलाई संस्कृतमा काक भनिन्छ।तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ।कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ।ज्योतिष शास्त्र अनुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ।कागहरू धेरै प्रजातीका हुन्छन्।हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग।भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ।कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्।कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने 'कस्तो काग रैछ' पनि भनिन्छ।यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।

कागोऽसि यमदूतोऽसि वायोसोsसी

माहामते ।

ईहं बलिं गृहाण त्वां त्रायस्व 

यमसङ्कटात् ।।अर्थात-हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ ।कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।यो दिन कागलाई पूजा नगरी र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार