मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित, मत परिणाम सार्वजनिक

Thearaniko Times 1369+ समाचार ( )
३० जेठ २०८१, बुधवार

धुलिखेल/नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएको छ। भुर्तेलले ३८० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी चन्द्र लामाले २९९ मत प्राप्त गर्नु भएको छ । कुल मतदाता संख्या ६ सय ८६ रहेको निर्वाचनमा ६ सय ७८ मत खसेको र ८ जना अनुपस्थित रहेको बताइएको छ । 

उपाध्यक्षमा भुर्तेल समूहका देवसागर लामाले ४७१ मत ल्याएर विजयी भएका छन् चन्द्र समूहका आत्मराम थापाले २०८ मत प्राप्त गर्नुभएको छ । सचिवमा भुर्तेल समूहका राजकुमार सापकोटाले ४४४ मत ल्याएर विजयी हुँदा चन्द्र समूहका होमप्रसाद चौलागाईंले २३५ मत ल्याउनु भएको छ । 

उप–सचिव (महिला) तर्फ भुर्तेल समूहकै सुर्यमाया दनुवारले ३६१ मत ल्याएर विजयी हुँदा चन्द्र समूहको पवित्रा भुर्तेलले २३८ मत ल्याउनुभएको छ भने उप सचिव (खुल्ला) तर्फ भुर्तेल समूहकै रत्नकुश रञ्जितकारले ३२४ मत ल्याएर विजयी हुँदा चन्द्र समूहका पुरुषोत्तम अधिकारीले १५३ मत ल्याउनुभएको छ । उपसचिव महिला तर्फ शान्ता न्यौपानेले ८० र पुरुष तर्फ हरि कुमार मैनालीले २०२ मत ल्याउनुभएको छ । 

५ जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको थियो । विद्यूतीय भोटिङ मेसिन प्रयोग गरेका कारण मत परिणाम छिटो आएको हो । अध्यक्षमा निर्वाचित भुर्तेल १० औं जिल्ला अधिवेशनमा सचिवमा निर्वाचित हुनुभएको थियो भने चन्द्र लामा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार