मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


बनेपा-६ मा कल्भर्ट निर्माण रोकिंदा यात्रुलाई सास्ती

Thearaniko Times 1369+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

 बनेपा । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको सडक बिस्तार रोकिएको छ । उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचना निर्माण रोकिएको हो ।

बनेपा नगरपालिका–६ बुडोलका राधेश्याम के.सी.को नेतृत्वमा १३ जना स्थानीयले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाइ गत फागुन २० गते उच्च अदालतमा रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो ।

न्यायाधीशद्वय नृपध्वज निरौला र विदुर कोइरालाको संयुक्त इजलासले निर्माण रोक्न दुई साताअघि उत्प्रेषण आदेश जारी गर्नुभएको हो । विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्यूम पाइपसहितको ढलको स्थानमा हाल नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो ।

उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रमा क्षति पुगेको जनाउँदै स्थानीयवासीले गत फागुनमा रिट दर्ता गरेका थिए । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको छ ।

स्थानीयले अदालतमा दिएको उजुरी पत्रमा भनिएको छ-हामीले उपभोग गरिरहेको घर जग्गामा प्रत्यक्ष असर पर्ने गरी ढल निकासको उचित व्यवस्थापन नभई जथाभावि कल्भर्ट निर्माण भएमा हामीलाई गम्भिर असर पर्ने भएकोले अरनिको राजमार्ग विस्तार गर्दा वडा नं. ६ वुडोल चोकस्थित रहेको क्रसढलमा नालीवाट मात्रै वगाई उक्त पानी पुर्ववत प्रचलन अनुसारनै सिधै चण्डेश्वरी खोलामा पठाउने गरी उचित व्यवस्थापनको लागि प्रत्यर्थी कार्यालयमा अनुरोध गरिएको थियो ।

वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले भने पहिलेदेखि नै उक्त ठाउँमा पानीको निकास रहेको दाबी गर्नुभयो । ‘पानीको निकास हुने ठाउँमा मेरो आफ्नै पनि जग्गा छ । यदी पहिलेदेखि नै पानीको निकास हुने ठाउँ थिएन भने म आफै पनि कल्भर्ड बन्न दिन्न थिएँ । तर केही स्थानीयले आफ्नो स्वार्थका कारण मुद्दा हालेका छन् । सरकारी नाप, नक्सामा समेत पानीको निकास यही ठाउँबाट भएको उल्लेख छ । अदालतले गरेको आदेशपछि काम रोकिएको छ ।यात्रुले सास्ती खेप्नु परेको छ । अदालतको काम समस्या समाधान गर्ने हो, समस्या सिर्जना गर्ने होइन ।’ वडाध्यक्ष केसीले भन्नुभयो ।

कल्भर्टलगायत निर्माणाधीन संरचनाको काम रोकिएपछि नजिकैबाट बनाइएको वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा निकै सकस भएको छ भने बुडोल क्षेत्रमा दर्जनौँ दुर्घटना समेत भएको छ । पानी परेका बेला सवारी फसेर सडक जाम हुने अवस्था आएको छ ।

काम रोकिएसँगै अरनिको राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रु र सवारी साधन सामान्य पानी पर्दा समेत सवारी जाममा परेर सास्ती खेप्नु परेको छ भने घाम लाग्दा कुइरीमन्डल झै पुरै धुलोले छोपिन्छ । 

निर्माण कम्पनीले अदालतको मुद्धा फैसला नहुँदासम्म काम गर्न नसकिने बताएको छ ।‘ कल्भर्ड सुरु गर्नुअघि हामीले पर्याप्त छलफल गरेका थियौँ । तर मुद्दा हाल्नुभयो । अब कहिले मुद्दा छिनोफानो हुन्छ । कहिले कल्भर्ड निर्माण हुन्छ भन्ने अन्योलता थपिएको छ । यो बर्षा अगाडी नै राजमार्गमा निर्माण गर्नुपर्ने सबै कल्भर्डको काम सम्पन्न गर्ने हाम्रो लक्ष्य थियो । त्यो लक्ष्यमा केही बाधा पुगेको छ । यदि ठूलो पानी पर्नुअघि यो कल्भर्ड निर्माण गर्न सकेनौँ भने डाइभर्सन गरेर गाडी चलाउन सक्ने अवस्था आउँदैन- लामा निर्माण कम्पनीका राजेन्द्र श्रेष्ठले बताउनुभयो । 

धुलिखेल–साँगा सडक खण्डमा हालसम्म २५ प्रतिशत मात्रै कामको प्रगति छ । कार्यतालिका अनुसार ४० प्रतिशत काम यो अवधिमा सकाउनुपर्ने थियो । दशैँपछि प्रत्येक महिना ५ प्रतिशत काम सकाउनुपर्ने लक्ष्य थियो । तर जम्माजम्मि २ प्रतिशत मात्रै काम भैरहेको छ । साँगादेखि पुण्यमाता पुलसम्म चालु आर्थिक वर्षभित्र पिचको समेत काम सकाउने निर्माण कम्पनीको लक्ष्य थियो । यो लक्ष्यमा पनि ब्रेक लागेको छ । 

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार सुरु गरिएको थियो । छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव चार किमी सडकखण्ड निर्माण सुरु भएको थियो । सो सडक खण्ड निर्माणका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लागेको थियो ।

यसैबीच अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको धुलिखेल–खावा चार किमी सडकखण्ड विस्तारको म्याद सोमबार सकिँदैछ । उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता गरिएको थियो ।

आयोजनाको समयसीमा सकिँदा एक तिहाई काम पनि नभएको कार्यालयले जनाएको छ । २२ महिनामा आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ । उक्त सडक स्तरोन्नतिका लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार