सुदर्शन पराजुली
नेपालीमानसिकता र प्रेश ( नियोजित र प्रायोजित) सधैं सत्ता बिरोधि छ । नराम्रो मात्रै भन्ने, लेख्ने राम्रो देख्दै नदेख्ने लेख्तै नलेख्ने ।त्यसैले ....
१) यदि सत्तामा बसेर पार्टी बलियो हुन्छ भन्ने भ्रम छ भने २०४६ पछिको राप्रपा हेरे हुन्न? ३०/३० बर्ष सत्तामा बसेको त्यत्रो दरबार र अन्यको साथ सहयोग हुदा पनि २३ बर्ष पछि बल्ल ५/६ सिट जित्ने हैसियत राख्दै छ ।
२) २०६४ अघिको माओवादी र अहिले सम्म आइपुग्दाको माओवादी हेरे हुन्न ? १२० बाट २० सिट जित्न नि गार्हो।
३) अरुलाइ गाली गर्दै म जति राष्ट्रवादी कोहि छैन भन्ने एमालेको पार्टिलाइ हेरे हुन्न ? अत्यधिक समय सत्तामा बस्यो अहिलेको बिजोग ।
४) त्यत्रो बर्ष सत्तामा बसेको र अहिले सत्तामा हुदा चुनाव गराउन पाको काङ्ग्रेस लाई हेरे हुन्न ?
५) २०६४ मा उदाएको मधेसी जन अधिकार फोरम लाई हेरे हुन्न?
६) रबि लामिछानेहरुलाइ सरकारमा जान देउ ।अनि दुई तीन बर्ष भित्रैमा हेर के हबिगत हुन्छ। गफ धेरै छ पूरा गर्ने श्रोत साधन ?
त्यसैले प्रिय कम्युनिस्ट भन्ने र पार्टी चलाउनेहरु हो हाललाई निम्न काम गरौं-
१) अहिले जोसुकैले सरकार बनाओस् कुनै मतलब नराख देश बर्वादिमा जाने भो प्रतिगामीहरु सल्बलाए भन्दै जाने बहाना नखोज याद राख अहिले सत्तामा गएनौ भने राम्रो, गयौ भने अर्को पटकको चुनाबमा उनीहरु सल्बलाउने होइन सत्ताको मियो चलाउने हैसियतमा पुग्न बेर छैन।
२) सबै केन्द्रिय सदस्यहरुलाई जिल्लामा बस्नै पर्ने नीति बनाउ डेरा कोठा घर सार्न लगाउ ।
३) स्थानीय पालिका जितेका ठाउँहरुमा कमसेकम शिक्षा स्वास्थ र रोजगारीको एउटै नीति बनाइ कडाइ पुर्वक लागू गर्न लगाउ र स्थानीय भूगोलको आधारमा कृषि, पर्यटन, जडिबुटी र बिकासका मोडेल बनाइ काम सुरु गर र पार्टिले अनुगमन गरोस ( जनप्रतिनिधिहरुलाई खुल्ला साँढे नछोड फलानो मेयरले काम गर्यो होइन फलानो पार्टिको मेयरले काम गर्यो भन्ने बनाउ। )
४) सङ्गठन कमजोर भएको ठाउँमा स्थानीय समस्या हेरि तिनलाइ उजागर गर्दै समस्या समाधान गर्न जनता सङ्ग एकाकार बन सङ्गठन मजबुत बनाउ।
५) केही लोभिपापीहरु पार्टी सरकारमा नहुँदा बाहिरिन सक्छन् ढोका खुल्ला गरिदेउ। सरकारमा जाने भए मलाई यो सुबिधाको पद दिने भए यति जना सहित आउछु भन्ने आउँछन तर याद राख बादलहरु आएर पार्टी बलियो भयो कि अझै भित्र भित्रै धमिरा छन? भएका रातदिन खट्ने इमान्दार कार्यकर्ता सधै तल्लो कमिटीमा पार्टी चाहार्दै हिड्नेहरु माथिल्लो कमिटीमा यस्तो कम्युनिस्ट पार्टी?
६) पार्टी भित्रका गुट उपगुट खत्तम गर क्षमताको आधारमा जिम्मेवारी देउ ,गलतलाई कार्वाही गर्ने हिम्मत राख।
७) अन्य बिचार मिल्नेहरु सङ्ग कार्यगत एकता र पार्टी एकतामा ध्यान देउ।
८) सबै केन्द्रिय र प्रदेश सदस्यहरुको आर्थिक विवरण र आर्थिक हैसियत राख । पाँच बर्षमा खोजविन गर। गलत भए जेल हाल्न आफै तयार होउ।
९) एक केन्द्रिय र प्रदेश सदस्य एक उत्पादनमा अनिवार्य लगाउ,श्रम सङ्ग अनिवार्य जोड नत्र हटाउ।
१०) सबै केन्द्रिय र प्रदेश पदाधिकारी र सदस्यहरु ठेकेदार ,भु माफिया र तस्करको घेराबाट टाढा बस । त्यस्ता ठाउमा डेरा डन्डा भएकाले छोड। फराकिलो ठाउँ चाहिने भए जग्गा भाडामा लिउ,कार्यकर्ता सङ्ग टहरा बनाउन चन्दा वा लेबि उठाउ सबैले सहयोग गर्नेछन् ।
११) उपल्लो नेता देखि तल्लो कार्यकर्ता सम्मको आर्थिक ,सामाजिक सास्कृतिक आचरणमा विशेष ध्यान देउ निर्मम बन।
१२) पार्टी गलत नीति र नेतृत्वको विरुद्धमा आवाज राख्न पाउने निश्चिति विधि र नीति बनाउ सहि आवाजलाई बेलैमा सम्बोधन गर तर सामाजिक संजाल र मिडियाहरुमा पार्टिको निति विधि र पद्धतिका विरुद्ध बोल्न बन्देज गर।
१३) २०४६ अघि र पछि सार्बजनिक पद धारण गरेका राजनीतिज्ञ, कर्मचारी, सुरक्षाकर्मी लगायत सबै तप्काको सम्पती छानबिन गरि श्रोत नखुलेको सम्पत्ति जफत गरि राष्ट्रियकरण गर्ने मुद्दालाई प्रमुखताका साथ उठाउ किन कि भ्रष्टाचारले यो देशलाई अस्थिपन्जर बनाइसकेको ।
त्यसैले पाँच बर्ष कुर ।यहि तालले कि त भयंकर बिद्रोह हुन्छ त्यो बिद्रोह दक्षिण पन्थिहरुको योजना र नेतृत्वमा भयो भने?या यसै गरि चुनाव बाटै विभित्र नाममा आए भने ? अधिकारको लडाइ अबको पुस्ताले लड्न नपरोस् ।बिकाश समृद्धि र समाजवादको बाटो तय गरौ ....