मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


सामुदायिक विद्यालय सुधारको लागि मन्त्रालयले व्यापक काम गरिरहेको छ–शिक्षामन्त्री पौडेल

Thearaniko Times 1375+ समाचार ( )
२४ भाद्र २०७९, शुक्रबार

धुलिखेल/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक र निजी विद्यालयको शिक्षा एकै खालको रहेको बताउनुभयो । आज धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलाञ्चोकले संयुक्त रुपमा आयोजना गरेको जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्ययोजना विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यी दुई क्षेत्र बीच द्वन्द्व गर्न नहुने बताए । मन्त्री पौडेलले ‘नेपालमा दुई खाले शिक्षा नभएको जिकिर गर्दै लगानी मात्रै दुई खालको रहेको, सामुदायिक र निजी विद्यालयको पढाईलाई दुई खालको शिक्षा भन्न नमिल्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई सुधारको साच्चै खाँचो र मन्त्रालयले ब्यापक सुधारको काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले मन्त्रालयले ऐन नियमसँग सम्बन्धीत कानुन सुधार, शिक्षण सिकाइ प्रक्रियामा स्तरीय बनाउने र भौतिक पूर्वाधार गरी तीन प्रकारका सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो तय गरेको जानकारी दिनुभयो । सो क्रममा उहाँले अध्यापन, तालिम र दरबन्दी मिलानमा सुधार ल्याउन सकेको खण्डमा शिक्षण सिकाइमा सुधार गर्न सकिने कुरामा जोड दिनुभयो । शिक्षा मन्त्री पौडेलले प्रधानाध्यापकलाई थप जिम्मेवारी रहेको भन्दै प्रधानाध्यापकले नियमित ड्युटी गरेपछि अन्य शिक्षकहरु पनि विद्यालयमा नियमित उपस्थिति हुने र पठनपाठन हुने बताउनुभयो । ‘प्रधानाध्यापकको जिम्मेवारी लिने तर विद्यालयमा नआउने र ड्युटी नगर्ने हो भने यसले पुरै विद्यालयलाई असर गर्छ । त्यसैले विद्यालयलाई कस्तो बनाउने भन्ने विषय प्रधानाध्यापकसंग जोडिएको छ । मन्त्री पौडेलले भन्नुभयो ।’

विद्यालय समयमा कोही कसैले बोलाउँदा नगईदिनु होला भन्नुहुँदै मन्त्री पौडेलले यो मेरो ड्युटी समय हो । ड्युटी नभएको बेला तपाईको काम गरौला भन्नुहोसर । यति मात्रै गरिदिनुभयो शिक्षक प्रति बाहिर दृष्टिकोण फेरिन सक्छ । यो आजको आवश्यकता भएको कुरामा जोड दिनुभयो ।


मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षालाई एक साथ लैजान जरुरी रहेको औल्याउनुभयो । ‘नेपालको सबै शिक्षा गलत छ । गुणस्तरीय छैन भनेर भ्रम फैलाइएको छ । यसमा कुनै सत्यता छैन । नेपालको केही विद्यालय शिक्षा सुधार गर्नुपर्ने भएयता पनि समग्र शिक्षा बिग्रियो भन्न मिल्दैन । हामीसंग राम्रो सिकाई भएका विद्यालय पनि छन् । नेपाल सुहाउँदो शिक्षा बनाउन मन्त्रालयले काम गरिरहेको छ । मन्त्री पाण्डेले भन्नुभयो ।’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पोडेलले सिकाउने गुरुको अपमान गरेर मात्रै शिक्षण पेशा सुधार नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र शिक्षा विकास तथा समन्वय इकाइले आज धुलिखेलमा आयोजना गरेको ‘काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा उहाँले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्याकसहितका शिक्षकको साझा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले शिक्षाको विकास प्रमुख भएकाले जिल्लाको समग्र शिक्षाको विकासका लागि भएको समस्या, त्यसको उपाय र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा छलफल गरी मार्गचित्र तयार गर्नुपर्ने भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्लामा नै रहेको काठमाडौँ विश्वविद्यालयले पनि स्थानीय तहको भौगोलिक अवस्था र त्यहाँका विशेषताका आधारमा प्राविधिक शिक्षा दिन अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकका प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको समग्र शिक्षाको अवस्था, विद्यालयको प्रकृति, विद्यार्थी संख्या र समग्र शैक्षिक अवस्थाको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, नेपाल राष्ट्रिय शिक्षक महासंघ बागमतिका नारायण तिमल्सिना, रामचन्द्र थापा, विद्यार्थी नेता बदन भण्डारी, जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नीजि विद्यालयका प्रध्यानाध्यापकबीचमा समूहगत छलफल गरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र भावि रणनीतिको विषयमा छलफल गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार