दीपक शर्मा जंगम
बार र बेन्चको सम्बन्धलाई नङ र मासु अनि मुटु र आत्मासँग तुलना गरिन्छ । बार कानून व्यवसायीहरुको हक हितप्रति स्थापित व्यवसायिक संगठन हो । प्रत्येक अवधि पार गरेपछि नेपाल बारको विधान बमोजिम प्रत्येक जिल्ला बार एशोसियसन उच्च अदालत बार, विशेष अदालत लगायत सर्वोच्च अदालत र नेपाल बार एसोसियशनको पनि निर्वाचन गरिदै आएको इतिहास कानून व्यवसायी र अदालतलाई जानकारी नभएको विषय पनि होइन । चुनाव सम्पन्न गरेपछि निर्वाचित पदाधिकारी लगायत कार्य समितिबाट कानून व्यवसायीहरुको हक हित, बारको प्रगति, बार र बेन्च बीचको आत्मीय सम्बन्ध, कानून व्यवसायीको पेशा प्रति विभिन्न गोष्ठि, तालिम सञ्चालन गरेर अदालतबाट भए गरिएका मुद्दाको आदेश, फैसला र कानून व्यवसायीले बार र कानून व्यवसायीको लागि गर्नुपर्ने कार्य, योजना बारे छलफल गरी मुद्दामा आफ्नो पक्षको लागि कानून व्यवसायीले स्वतन्त्र व्यवसायी हुनुपर्नेमा कुनै न कुनै पार्टीको ट्याग झुण्डाएर व्यवसायिक पेशालाई कहिल्यै माथि उठ्न नसक्ने गरी थला पारेको अवस्था २०४८ सालपछि देखिदै आएको छ । कानून व्यवसायीले आफ्नो पेशा, धर्म, प्रतिष्ठा, पदको लागि नजीर मुद्दाको तथ्य र कानूनी प्रश्नमा अध्ययन गरेर बारलाई व्यवसायिक वकिलको बार बनाउनुपर्नेमा कहिल्यै पनि हामीले त्यो कुरा न मनन ग¥यौं, न त बनाउने आँट ग¥यौं, न त छलफल ग¥यौं भने न त चासो नै राख्यौं । हामी कानून व्यवसायीहरु कानून पढेका विद्धान वर्ग हौं, हामीले पक्षको हक हितको लागि गम्भिर भएर मुद्दाको अध्ययन गर्नु र बेन्च बारमा विभिन्न प्रतिपादित नजिर सिद्धान्तलाई मुद्दासँग जोडेर बहस गर्ने कला प्रस्तुत गर्नुपर्नेमा अध्ययन गर्ने, कानून व्यवसायीको बारलाई राजनीतिक पार्टीको झण्डा बोकेर राजनीतिक अखडा बनाउने कार्य रोक्ने संकल्प भन्दा पनि नेताहरुको दौरा समातेर राजनीनिती गर्न थालेपछि त्यसको असर न्यायलयमा न्याय नपर्नु स्वभाविक पनि हो ।
आज बारको चुनावमा केन्द्रदेखि नै पार्टीको बिल्ला भिरेर चुनावी मैदानमा खडा भई निर्वाचित पदाधिकारीले एउटा पिडीतको न्याय भन्दा पार्टीको निर्देशनमा चल्नुपर्ने यो कस्तो अवस्था सिर्जना गरेका छौ हामी कानून व्यवसायीहरुले । बारको चुनाव आउँदा कुन पार्टीको अध्यक्ष उठ्ने भाग बण्डा कुन – कुन पार्टीले पाउने भनी उम्मेदवार बनाउँदै पार्टीको चिन्हबाट चुनाव चिन्ह जितेको बार आजभोली कानून व्यवसायीहरुको आफै व्यवसायिक बार कहिल्यै बन्न सकेन । बार पार्टीको बन्ने हो भने स्वतन्त्र निष्पक्ष र व्यवसायिक बारको नारा फलाक्नुको कुनै अर्थ छैन ।
राजनीति गर्ने नेताले हो, वकिलले होइन जब वकिलले बारमा राजनीतिको फोहोरी खेल खेल्न सुरु ग¥यो भने बारमा कानून व्यवसायीले व्यवसायिक बार बनाउन कहिल्यै सक्तैनन् । बार बलियो भएन भने अदालतबाट निष्पक्ष न्याय पाउन मुस्किल नै पर्दछ । बारमा अदालतले गरेका आदेश, फैसला, प्रमाण मिसलमा के कति तादम्यता छ त्यो छलफलको विषय बन्नु पर्दछ । बार बेन्च भनेको नङ र मासु मात्र होइन मुद्दाको आत्मा र मुटु पनि हो भन्ने हेक्का हुनु जरुरी छ । बारले मातहतका कार्यालयका प्रमुख कर्मचारी, स्थानिय तहका पदाधिकारी, सरकारी वकिल, प्रहरी कार्यालय, जिल्ला प्रशासन र अदालतका माननीय न्यायधिससँग बेला बेलामा भेटघाट, अन्तरक्र्रिया गरेर धेरै कुराको सुधार गर्नुपर्ने जरुरी छ त्यो भएको अवस्था ज्यादै देखिएको पाइदैन ।
प्रत्येक अवधि पूरा गरेपछि चुनाव गरी निर्वाचित बारका केन्द्रदेखि जिल्ला तहका बारका महामहिमहरुले आजसम्म कानून व्यवसायीको हक हित र दक्षता बढाउने लगायत सरोकारवाला निकायसँग जल्दोबल्दो समस्यालाई समाधान गर्न कति सफल हुनु भयो ? त्यो जवाफ छैन । नाम चलेका ठुला ठुला कम्पनी वा धनी वर्गका मुद्दा हेर्ने कानून व्यवसायीहरुको पेशा राम्रै चलेको त होला तर अन्य व्यवसायमा आउन खोज्ने, कम मुद्दा भएका कानून व्यवसायीहरु पनि पेशामा ल्याउनुपर्छ, आउनुपर्छ त्यो हाम्रो कर्तव्य हो भन्ने कुरा कहिल्यै सोच्यो वकिलहरुको संगठन बारले ? अबको बार व्यवसायिक बार बनाउने अभियानमा पिडित कानून व्यवसायी लाग्नु जरुरी छ । कसैको पार्टीको झण्डा बोकेर वकालत पेशा गर्ने बारमा पार्टीको झण्डा गाड्ने कार्यबाट अब कानून व्यवसायिको हक हित हुन सक्दैन । यो बुझ्नु आवश्यक छ । जब बार व्यवसायिक बन्दैन अदालतबाट निश्पक्ष न्याय पाइन्छ भन्ने कल्पना गर्न पनि सकिन्न ।
सम्मानित अदालत न्यायको मन्दिर हो । मन्दिर भित्र न्यायका देवताको बास हुन्छ भनिन्छ, न्याय र अन्याय केलाउने काम न्याय मूर्तीको हो । न्याय मूर्ती न्यायका सच्चा पहरेदार र धरोहर बन्नुपर्दछ । न्याय लिन न्यायलय भित्र आउने भनेको पिडित हो र पिडित हो होइन भन्ने केलाउने कार्य पनि न्याय मूर्तीको नै हो । न्याय परेन भने प्रमाण केलाइएन भने, तथ्य बुझिएन भने, कानून जानिएन भने, न्यायमूर्तीमा प्रश्न चिन्ह लाग्छ भन्ने न्यायमूर्तीमा हेक्का हुनु जरुरी छ । न्यायधिसको कुर्सीमा बस्दैमा न्यायमूर्ती सक्षम हुँदैन, सक्षम त्यो न्यायधिस हुन्छ जसले मिसिलका केस्रा÷केस्रा तथ्य प्रमाण केलाएर कानून बमोजिम आदेश फैसला गर्न सक्ने योग्यता हुन्छ तब न समाजमा न्यायलय प्रति जनताको विश्वास बढ्न गई अदालत भनेको न्यायलयको मन्दिर रहेछ भन्ने पिडितमा पर्न सक्छ । म न्याय दिन आएको मैले न्याय दिनुपर्छ मैले न्याय दिदा गलत गरें भने मेरो सात पुस्तासम्म पिरोल्छ अन्यायमा पर्ने पिडितको आँशुले पोल्छ भन्ने दृढ संकल्प राखेर न्याय दिने काम न्यायमूर्तीबाट भयो भने त्यो वास्तवमा सार्थक न्याय हुन्छ । अदालतमा कानून व्यवसायीले पक्षकोे प्रतिनिधित्व गरेर लगेको मुद्दामा मिसिलमा भएका प्रमाण तथ्य, नजिर, सम्बद्ध कानूनको परिधीमा रही कानून व्यवसायीको बहस सुन्ने धैर्यता न्यायमूर्तीमा हुुनुपर्दछ । न्यायधिसले ध्यान दिएर बहस नसुन्ने, कानून व्यवसायीलाई महत्व नदिने, मिसिल अध्ययन नगर्ने, गर्नुपर्ने आदेश नगर्ने, नगर्नुपर्ने आदेश गर्ने लगायत सम्पन्न भइ सकेको आदेशहरु समयमा नै फाँटमा नपठाउने सरकारी वकिलबाट पेश भएका अभियोग माग दाबी मात्र हेरेर त्यसभन्दा एक इन्च पनि न्याय दिन न्यायधिसले हिम्मत नगर्ने हो भने न्याय पर्न सक्दैन । अभियोजन पक्षले सरकार वादी मुद्दामा लगाएको अभियोग ठीक छ छैन मिसिलमा संलग्न अन्य प्रमाणले अभियोगमा दावीलाई पुष्टि गर्छ गर्दैन ? जाहेरी र अन्य प्रमाणले अपराध दर्ज गर्छ गर्दैन भनी हेर्ने गरेको खण्डमा न्याय मर्दैन पर्छ तर त्यो अवस्था कम देखिन थालेको छ आजभोली न्यायलयहरुमा, त्यो विडम्बना हो न्यायधिसले न्याय दिने हिम्मत नगर्दा झुठ्ठा जाहेरीका आधारमा तयार भएको झुठो अभियोग दावीले गर्दा आज कैंयौं व्यक्तिहरु प्रमाण बिना जेलको चिसो खान बाध्य त छन् नै समाजमा न्याय मरेको चर्चा समेत चल्नु यथार्थमा राम्रो मानिदैन । न्यायधिसले आफ्नो कर्सुीमा बसेपछि न्याय दिन्छ भनेर कसम खाएर बसेको अनुमान गरिन्छ । तर आजभोली न्याय क्षेत्रमा जनताको मन मर्ने गरी न्याय दिइने परिपाटी बढ्दै जाँदा भोली स्वतन्त्र न्यायपालिकाको गरीमामा प्रश्न उठ्न सक्छ, विश्वास मर्न सक्छ भन्ने तर्फ न्यायलयका न्यायमूर्तीले समयमा नै विचार गर्नु अत्यन्त जरुरी छ ।
मिसिलमा प्रमाण नहेर्ने, प्रमाण नबुझि फैसला गर्ने, गलत आदेश गर्ने बहस ध्यानपूर्वक नसुन्ने ग¥यो भने न्याय मर्छ न्याय पर्दैन । जनतालाई न्यायलय प्रति विश्वास दिलाउने हो भने अदालतको आस्था जगाउने हो भने हामी कानून व्यवसायी र अदालतका माननीय न्यायधिस हरुको बीचमा गरिएका अन्तक्र्रियाका निर्णयहरु र अन्य मुद्दासँग सम्बन्धित विषयमा सरोकारवाला निकाय, कानून व्यवसायी र बार बेन्चको सकारात्मक पहलबाट न्याय मौलाउन सक्छ न्यायलयको गरीमा र इज्जत बढाउन सहयोग पुग्ने गरी बार बेन्चको सम्बन्धमा न्याय सम्पादन चम्किलो र सबै पिडितलाई न्याय परेको भान हुने गरी कानून व्यवसायी र अदातलका न्यायधिसहरुले न्याय प्राप्तिको लागि एउटा पिपलको छाहारी बनाउन अत्यन्त जरुरी महसुस भएको वास्तविकतालाई सबै क्षेत्रबाट मनन गर्नु भइसकेको छ ।