मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |
मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |


अमेरिकी दादागिरी र प्रत्यक्ष हस्तक्षेपकोे कडा विरोध

Thearaniko Times 1345+ समाचार ( )
२९ माघ २०७८, शनिबार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आज प्रेस वक्तव्य जारी गर्दै अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडो र नाङ्गो प्रत्यक्ष हस्तक्षेपको कडा शब्दमा तीव्र विरोध र घोर भत्र्सना गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई फोन गरेर अल्टिमेटमसहित धम्क्याएको र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले दिएको अन्तर्वार्ताले नेपालको स्वाधीनतामाथि ठाडो र नाङ्गो हस्तक्षेप भएको भन्दै विरोध एवम् भत्र्सना गर्नुभएको हो ।


अमेरिकी अधिकारीहरुले यसरी धम्क्याउँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छाै भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाश शरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गर्नु र एमाले र माओवादी केन्द्रले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाउनु अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति भएको समेत ठहर गरिएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन चर्काे दवाव दिंदै आएको छ । त्यसको पछिल्लो कडी परियोजना कि उपाध्यक्ष फतिमा सुमारले यही फागुन १६ गते तदनुसार फेबुअरी २८ तारिखसम्म अनुमोदन गरिसक्नु पर्ने भनी यही माघ २३ गते काठमाण्डु पोष्टमा प्रकाशित अन्तर्वार्ता मार्फत दिएको ठाडो आदेश हो । त्यसले मात्र नपुुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली कांग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसदबाट अनुमोदन गर्नुपर्ने र सो नगरे चीनको दवावका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरुलाई धम्क्याइएको कुरा विभिन्न संचार माध्यममा प्रकाशित भएको छ । यसलाई सम्बन्धित पार्टीका आधिकारिक स्रोतहरुले पुुष्टि समेत गरेका छन् । यो अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिकोे ठाडो र नाङगो हस्तक्षेप हो ।

अर्काेतिर, अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छाै भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन् । एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन् । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।

हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ । साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौं–विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार