मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नगर प्रहरी कुट्पिट गर्ने व्यक्तिहरु पक्राउ

Thearaniko Times 1401+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

बनेपा/बनेपा नगरपालिकाका नगर प्रहरीलाई कुटपिट गर्नेहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राऊ गरेको छ।

हिजो मंगलबार काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.वडा नं.७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर-प्रहरीबीच भएको कुटपिट भएको थियो।

कुटपिटमा संलग्न का.प.जि. नमोबद्ध न.पा.वडा नं. १ बस्ने वर्ष २६ को कृष्ण मानन्धर, वर्ष ५० की राममाया मानन्धर,  बर्ष ४० की रोजिना मानन्धर, बनेपा न.पा.वडा नं.७ बस्ने बर्ष ४० की खड्गमाया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

बनेपा नगरपालिकाको उजुरीमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध संहिताको दफा ११८ को अभद्र व्यवहारको कसुरमा आज म्यादथप भई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । आक्रमणबाट नगरपालिकाले गाडी समेत तोडफोड गरिएको छ । नगरपालिकाले कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी दिएको छ ।

कुटपिटबाट नगर प्रहरी अञ्जना थापा र चालक किशोर केसी घाईते भएका छन् । दुबैको अनुहार र विभिन्न भागमा चोटपटक लागेको छ । नगर प्रहरीलाई कुटिरहेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । 

बनेपाको चारदोबाटोमा रहेको प्रहरी बिट नजिकै फुटपाथ ब्यवसायीहरुले नगर प्रहरीलाई कुटिरहँदा समेत प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरु बताउँछन् । यसअघि पनि सोही समुहले नगर प्रहरीमाथि आक्रमण गरेको थियो ।

नगरपालिकाले बिहान र बेलुकाको समयमा फुटपाथ ब्यवसायीहरुलाई सडक छेउमा व्यापार गर्न दिदै आएको छ । दिउँसो पैदलयात्रीहरुलाई समेत हिंड्न सकस हुने गरी व्यवसाय गरिरहेकाहरुलाई सम्झाउँदै आए पनि उनीहरु भने अराजक शैलीमा पटक पटक नगर प्रहरीमाथि खनिदै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार