मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेविसंघ काभ्रेको रक्तदान र सम्मान

Thearaniko Times 1401+ समाचार ( )
६ वैशाख २०८०, बुधवार

काभ्रे । नेपाल विद्यार्थी संघको ५४ औ स्थापना दिवस नेविसंघ काभ्रेले बृहत् खुला रक्तदान कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा नेपाल विद्यार्थी संघ काभ्रेले बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थबहादुर लामालाई बधाई तथा शुभकामना दिएका थिए ।

नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य तथा काभ्रेका नेता शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेता हुमागाँई र मन्त्री लामाले संयुक्तरूपमा फुलेको गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले नेविसंघले सम्मान गरेकोमा खुशिु व्यक्त गर्दै युवाहरुको भावना अनुरुप काम गर्ने प्रतिबद्ता जनाउनु भएको छ । उहाँले भन्नुभयो –मलाई काभ्रेबाट मन्त्री बनाएर पठाउनुमा नेविसंघको ठुलो सहयोग रहेको छ । म त्यसको सम्मान गर्नेछु। युवारुका समस्या के छ ?  म र मेरो मन्त्रालयसँग सम्बन्धित रहेर गर्न सक्ने काम गर्न सधै तत्पर छु । तरुण र नेविसंघको प्रशंसा गर्दै मन्त्री लामाले अब जिल्लाका १३५ वडामा गएर जनताको समस्या बुझ्नुका साथै संगठनलाई मजवुद बनाउन कटिबद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य प्रचण्ड राज प्रधानले  नेपाल विद्यार्थी संघको महत्त्व र हालको  आवश्यकता विषयमा प्रष्ट पार्नु भएको थियो ।  नेविसंघमा रहेको विभिन्न गुट भन्दा माथि उठेर नेपालबाट विद्यार्थीहरु किन विदेश गइरहेका छन् त्यसको गहन अध्यान गरि विद्यार्थी विदेशिने क्रम रोक्न पहलकदमि लिन सुझाव दिनु भएको छ। 

नेपाल विद्यार्थी संघ काभ्रेका जिल्ला सभापति अन्जनराज खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार