मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

खत्रीगाउँ डिप बोरिङ सप्लायर्स खानेपानी योजनाको उद्घाटन
खत्रीगाउँ डिप बोरिङ सप्लायर्स खानेपानी योजनाको उद्घाटन

Thearaniko Times 1394+ समाचार ( )
१० पौष २०८१, बुधवार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर -६ खत्रीगाउँ डिप बोरिङ सप्लायर्स खानेपानी योजनाको आज उद्घाटन भएको छ।

करीब दुई सय घर धुरीका लागि एकिकृत खानेपानी एक घर एक धारा समानुपातिक वितरण अन्तर्गत पहिलो चरणमा शहिद मार्ग पेरिफेरि, खत्रीगाउँ, खत्रीगाउँ भन्दामुनि, अरनिको राजमार्गबाट उत्तर, क्याम्पस रोड र चण्डेश्वरी खोला बिचका करीब दुइसय घरधुरीको लागि यही महिनामा पानी वितरण गर्न लागिएको बनेपा नपा-६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । 

विद्युत् प्राधिकरण बनेपा शाखाका प्रमुख अमृतबाबु अधिकारीले एक कार्यक्रमबीच उद्घाटन पानी मानवतासँग जोडिएको विषय भएको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि बनेपा नगरपालिका -६ का वडाध्यक्ष सचितानन्द केसीले तोकिएकाे क्षेत्रका अधिकांस घरधुरीले खानेपानी जडानको लागि प्राविधिक स्टिमेट अनुसार लाग्ने रकम उपभोक्ता समितिकाे खातामा जम्मा गरिसकेकोले यही महिनाभित्र पानी छोड्ने जानकारी दिनुभयो । वडाध्यक्ष केसीले वडामा रहेका ११ सय घर धुरीलाई एक घर एक धारा वितरण गर्ने योजनाका साथ  कार्य प्रारम्भ गरिएकोमा पहिलो चरणमा २०० घरधुरी वितरण गर्न लागिएको जानकारी दिनुभयो।

विभिन्न अवरोध र चुनौतीका बीच वडाबासीलाई पानी खुवाउन सफल बताउँदै केसीले भन्नुभयो -सबै वडावासीलाई समानुपातिक पानी वितरण गरिनेछ। कसैलाई काखाकसैलाई पाखा गरिने छैन।

उहाँले खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भईसकेको र काभ्रे क्याम्पस वरपर रहेको ३ सय घरमा पनि चालु आर्थिक वर्षभित्र नै एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको जानकारी पनि सो अवसरमा दिनुभयो। बाँकी तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रमा पानी वितरणको लागि समिति गठन भइसकेकोले अब योजना कार्यान्वयन हुने दिशामा अग्रसर रहेकाे पनि वडा अध्यक्ष केसीले बताउनुभयो । 

अनन्त दाहाल (सिताराम)को अध्यक्षता र दिपनारायण पराजुलीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा पुर्व वडाध्यक्ष भैरव केसी, कृष्णबुद्ध बजगाईं, राजेन्द्र थापा, लालकृष्ण तिमल्सिना, इन्जिनियर सुरज पराजुली, समाजसेवी राजु मानन्धर, सुनिल घर्ति मगर शुभकामना मन्तव्य राख्दै विकास प्रेमी र चुनौतीको सामना गर्न सक्ने जनप्रतिनिधि भएको कारण काकाकुल वडामा खानेपानी वितरण संभव भएको बताए।

यसअघि नै डिपबोरिङ र ट्यांकी निर्माण संपन्न भइसकेको र यही महिनाभित्र पानी वितरण गर्ने लक्ष्य राखेको अनन्त दाहाल(सिताराम)ले जानकारी दिनुभयो। कार्यक्रमकाे सञ्चालन समितिका सचिव दिप नारायण पराजुलीले गर्नुभएको थियो।

खत्रीगाउँमा रहेकाे ७ वटा मुललाई एकिकृत गर्ने र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग गरिएको बताइएको  छ । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरी वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार