मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नागको विषेश पुजा हुने नागपञ्चमी

Thearaniko Times 1394+ समाचार ( )
१७ श्रावण २०७९, मङ्गलबार

दिनेश राज खरेल

     आज नागपञ्चमी हो । नागपंञ्चमीको दिन हिन्दु धर्मावलम्बीको घर घरमा नागको फोटो टाँसेर पूजा गर्ने गरिन्छ ।  आजको दिन ब्राम्हणहरुले यजमानका घरमा पुगेर नाग टास्ने चलन छ ।  ब्राम्हणले विशेष नागको मन्त्र उच्चारण गरि पुजा गर्ने गर्छन् ।

    हिन्दु धर्मशास्त्रिय पात्रो अनुसार श्रावण शुक्ल पञ्चमीको दिन  नागपञ्चमि मनाईन्छ  । नागलाई देवताको रुपमा मान्ने चलन रहिआएको छ । विशेष गरि हिन्दु धर्मावलम्बीले  भगवान शिवको प्रिय गहनाको रुपमा चिन्ने गर्दछन ।

       नागलाई पुजा गर्दा अगस्त्यश्च पुलस्त्यश्य वैशम्पायन एव च ।

सुमन्तु जैमिनिश्चैव पञ्चैते बज्रवारका स्।।

मुनेस्कल्याणमित्रस्य ज‌ैमिनेश्चमि कीर्तनात ्।

विद्युदग्निभयत नास्ति लिखितम गृहमण्डले ।।

अनन्तो वासुकि स् पध् महापद्घश्च तक्षक स्।

कुलिर कर्कट स शंखश्चाष्टौ नागास्प्रतितिर्ता ।।भनि संस्कृतको मन्त्र बाचन गरि प्राथना गरिन्छ ।

   पंण्डित , आचार्य अमृत पराजुलीका अनुसार परापुर्वकालमा ऋषिहरुले वज्रपात लगायत प्रकृति प्रकोपबाट बच्न कडा तपस्या  गरि नाना प्रकारले आरधान गर्दै गुनगान गाउनु भयो । सामुहिक रुपमा  अगस्त , पुलस्त ,वैशम्पाय , सुमन्तु र जैमिनी  पाच ऋषिरामहरुले  अनन्तो , वासुकि , पध्य, तक्षक, कुलिन , कर्कट  नाम गरेका शक्तिशाली जलचर, थलचर प्राणी नागदेबतालाई तपस्या किर्तन आदि गरेर खुशि पार्नु भएको थियोे । त्यसबाट नागहरु प्रशन्न भएर आशिर्बाद दिएका थिए । परापुर्वकालदेखि नै घरमा नाग टास्नाले सर्प , बिच्छी लगायत बिषालु जीवहरुको भय नहुने , चट्याङ , आगो , भुकम्प जस्तो जोखिमबाट डर नहुने  तर्क शास्त्रमा उल्लेख गरिएको पंडित पराजुलिले  बताउनु भयो ।

      नागको फोटो टाँस्दा गाईको गोबर, दुबो , सुपारी , कपास, सिक्का पैसा प्रयोग गरिन्छ । गाईको गोबर लक्ष्मीको प्रतिक, दुबो गणेशजीको प्रतिक, सुपारी ,कपास शुभको चिन्ह, सिक्का पैसा श्रीबैभबको खाँचो नहुने चिजबस्तुको रुपमा लिने गरिन्छ । पिठोको दुध बनाएर चढाउनाले नाग खुशी हुन्छन् भन्ने विश्वास गरिन्छ ।

   नागलाइ पहेलो केशरी , सेतो फुल , कपुर – धुप  अन्य अष्टसुगन्धले पुजा आराधना गरिन्छ ।

     अस्थित्व व्यवस्थापन शास्त्री डि पि आत्रेयका अनुसार  नागपञ्चमी र नागपुजा धार्मिक मान्यता अनुरुप रहेपनि यसको बैज्ञानिक आधार पनि रहेको तर्क गर्नुहुन्छ । अस्थित्व व्यवस्थापन शास्त्र र धार्मिक शास्त्र आपसमा परस्पर भएकोले नाग पञ्चमी पनि शास्त्र सम्बध्द रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार