मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

आगामी वर्षकाे याेजनाका लागि सुझाव लिँदै चौरीदेउराली सरकार

Thearaniko Times 1401+ समाचार ( )
३१ जेठ २०८०, बुधवार

चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी सर्वपक्षीय छलफल सम्पन्न भएको छ । छलफलका क्रममा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार लगायतका सवालहरूमा योजनाहरू केन्द्रित गर्न स्थानीय सरोकारवालाहरूले सुझाव दिएका छन् । 

 गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईले योजनाहरू सिफारिस गर्दा आवश्यकता र प्राथमिकताका आधारमा गर्न सुझाव दिए । 'कतिपय योजनाहरू हचुवाका भरमा सिफारिस गर्ने र कार्यान्वयनमा समस्या हुँदा परिणाम शून्य हुने समस्यालाई दोहोर्‍याउन हुँदैन,' अध्यक्ष चौलागाईले भने, 'अब हरेक वडाबाट आउने योजनाहरू सम्बन्धित वडाको आवश्यकता र प्राथमिकताका आधारमा छनौट र सिफारिस भई आउनु पर्दछ ।' स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको अध्यक्ष चौलागाईले बताए । 

गाउँपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको उनले विश्वास दिलाए । समृद्ध गाउँपालिका निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उनले बताए । उनका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । 

वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू तर्जुमा गर्नुपर्ने  सुझाव आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार