मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

राजनीति
प्रचण्डको आरोप : ‘सरकार दलले होइन, बिचौलियाले चलाइरहेका छन्’

Thearaniko Times 1375+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलका नेताहरूले नभई बिचौलिया र दलाल पूँजीपतिहरुले चलाइरहेको आरोप लगाएका छन्।

बुधबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन गर्दै उनले देखावटी रूपमा कांग्रेस वा एमालेले चलाएजस्तो देखिए पनि वास्तविकतामा राज्य बिचौलियाको नियन्त्रणमा रहेको दाबी गरे।

“अहिले राज्य कसको हातमा छ भन्ने विषयमा कहिलेकाहीँ हामी स्वयंलाई पनि कन्फ्युजन हुन्छ। रूपले त कहिले माओवादी–कांग्रेस, कहिले माओवादी–एमाले वा कहिले कांग्रेस–एमाले देखिन्छ। तर सारमा दलाल पूँजीपतिले करोडौँ खर्च गरेर नेताहरू खरिद गर्ने र आफ्ना स्वार्थअनुसार राज्य सञ्चालन गर्ने अवस्था बनेको छ,” प्रचण्डले भने।

सुशासन र भ्रष्टाचारविरुद्ध आफूले अभियान चालेको उल्लेख गर्दै उनले बिचौलियाले सेटिङमार्फत कर्मचारी नियुक्त गर्ने, निर्णय गराउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। “राम्रो गर्न खोज्दा उल्टै हटाइने अवस्था सिर्जना भएको छ। कुलमान, कान्छाराम, इन्दिरा राना लगायतलाई हटाउने षड्यन्त्र यस्तै प्रचलनकै परिणाम हुन्,” उनले टिप्पणी गरे।

वामपन्थी एकता प्रक्रियाबारे पनि संकेत गर्दै प्रचण्डले भने, “विभिन्न वामपन्थी र कम्युनिस्ट घटकबीच एकताका लागि छलफल भइरहेको छ। छिट्टै अर्को सम्मेलन हुन सक्छ। आठौँ सम्मेलन वा एकताको सम्मेलन पनि हुनसक्छ। त्यसका लागि तयार भएर बस्न म आग्रह गर्छु।”

महिलाको भूमिकाबारे चर्चा गर्दै उनले जनयुद्धमा ५० प्रतिशत महिलाको सहभागिता नभएको भए सङ्घीय गणतन्त्र सम्भव नहुने बताए। “महिलाले आधा आकाश होइन, दुईतिहाइ आकाश ढाकेका छन्। दुईतिहाइ पुरुष विदेशिएका छन्, अब महिलाले दुईतिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि मात्र होइन,” उनको भनाइ थियो।

जनयुद्धबाट प्राप्त उपलब्धिलाई समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै उनले महिलालाई युद्धकालमा जस्तै अग्रपङ्क्तिमा उभिन आह्वान गरे। साथै, दलाल–बिचौलियाले पैसाको बलमा राज्य सञ्चालन गर्न खोज्ने विरुद्ध सडक सङ्घर्षमा उत्रिन उनले सबै महिला संगठनलाई अपिल गरे।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुषाल, स्थायी कमिटी सदस्य शशी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए। सभापतित्व अमृता थापाले गरेकी थिइन् भने स्वागत मन्तव्य सरिता महर्जनले दिएकी थिइन्। कार्यक्रमको सञ्चालन रेणु दाहालले गरेकी थिइन्। त्यसैगरी भाइचारा संगठनका नेतृहरूले शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार