मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

माझी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो सम्मेलनबाट उर्मिला माझी अध्यक्षमा निर्वाचित

Thearaniko Times 1401+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं/ माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय सम्मेलन मकवानपुरमा सम्पन्न भएको छ ।  

मकवानपुरको बागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी माझी यसअघि मोर्चाको महासचिव थिइन् । मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । मोर्चाको महासचिवमा लक्ष्मी माझी'कृपा' चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र बागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दीपक माझी चयन भएका छन् ।

यसैगरी सचिवमा दन्तलाल माझी, घनश्याम माझी, हरिबहादुर माझी, कोषाध्यक्ष कासिराम माझी, केन्द्रीय सदस्यहरुमा हस्तबहादुर माझी, मन्जु माझी, रामकृष्ण माझी, विष्णु माझी, गुमानसिंह माझी, गणेश माझी, किरण माझी, कृष्ण माझी, रामचन्द्र माझी, रामबहादुर माझी, बुद्धिराज माझी, प्रकाश माझी, अकल माझी, हर्कबहादुर माझी, शान्तमाया माझी, संगिता माझी, चेतबहादुर माझी, नेत्र बहादुर माझी, निर्मल ब. माझी, बिर्ख बहादुर माझी, विष्णुकुमार माझी, हरिचन्द्र माझी, जितबहादुर माझी, बमबहादुर माझी, पार्वती माझी, हस्तबहादुर माझी, मदनबहादुर माझी, ताराबाबु माझी, नारायण माझी, वीरबहादुर माझी, दिलकुमार माझी लगायत चयन भएका छन्।

नेपाल सरकारका ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्ययतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्य सत्य पहाडी, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पूर्व सांसद बुद्धिमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो । 

उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितको स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने तथा माझी जातीको प्रमुख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रूपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदायको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई सशक्त ढङ्गले अगाडि बढाइने बताइन् । 

उनले अन्य दलमा रहेएका माझी समुदाय पनि पहिचान र अधिकारको एजेन्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्ति मोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार