मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण
जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण

Thearaniko Times 1394+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

रामेछाप/रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर -४ डहु, जोरधारामा  नेपाली जनआन्दोलनका जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण भएको छ।

निर्मल लामा स्मृति प्रतिष्ठान रामेछापको आयोजनामा अनावरण कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमिक शेरचन र अध्यक्ष लीलामणि पोख्रेलबाट संयुक्त रूपमा अनावरण गर्नुभएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरचनले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा लड्न सिकाउने सर्वहारावर्गको असल प्रतिनिधिको रुपमा निर्मल लामालाई स्मरण गर्नुपर्ने बताउनुभयो। अर्का वक्ता लिलामणि पोखरेलले पद-प्रतिष्ठाको तछाडमछाडबाट टाढा रहेका लामाले नेपालको आन्दोलनमा धेरै योगदान गरेको बताउँदै राष्ट्रियता कमजोर हुँदा र आन्दोलनमा विचलन आउँदा निर्मल लामा स्मरणमा आइरहने जानकारी दिनुभयो।

उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हितबहादुर तामाङ्ग, गंगाबहादुर कार्की, प्रदेशका सांसद युवराज चौलागाई, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका महासचिव दिलसुन्दर श्रेष्ठ, बीरप्रसाद भन्सारी, स्थानीय नेताहरू डिल्लीमान तामाङ, पेमा लामा, सेनापति गाउँपालिका उपाध्यक्ष गीता बिष्ट लगायतले लामाको बहुआयामिक योगदानको स्मरण गरेका थिए । 

कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठान रामेछापका संयाेजक बि.बि. तामाङ(बीरबहादुर)काे सभापतित्व र सचिव  मनाेज के. सी.काे उदघाेषण र सुनापति गा.पा. कमिटि अध्यक्ष चण्डेश्वर चाैलागाईकाे स्वागत भाषण रहेको  थियो।

पेमा लामाबाट डहूको बीच पर्ने सुन्दर जग्गा उपलब्ध गराउनु भएकोमा र प्रतिमा  बनाउन सहयोग पुर्याउने सुनापती गाउँपालिका र अन्य सहयोगी हातहरूलाई निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका महासचिव दिलसुन्दर श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

लेखराज रेग्मी २९ फाल्गुन २०८१, बिहीबार

उनी नेपाली श्रमिक जनताको नेता भएकोले उपचारमा जन अभिन्दनमा र स्मृतिमा जनताको चासो र सरोकार स्वभाबिक छ . लामाको संझना लामाको पसिना बगेको ठाउँमा चिरस्थाई रहनेछ. लामा ट्रस्ट फाउन्डेशन र शालिकको दुरुपयोग संग सचेत थिए. यो उनीलाई संझिने पहिलो सर्त हो र प्रतिज्ञा गरौं लामाको नाम दुरुपयोग गर्न हुन दिइने छैन. रामेछापको कृतिमान उच्च रहोस शुभकामना.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार