मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण
जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण

Thearaniko Times 1403+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

रामेछाप/रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर -४ डहु, जोरधारामा  नेपाली जनआन्दोलनका जननेता निर्मल लामाको पुर्ण कद्को शालिक अनावरण भएको छ।

निर्मल लामा स्मृति प्रतिष्ठान रामेछापको आयोजनामा अनावरण कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमिक शेरचन र अध्यक्ष लीलामणि पोख्रेलबाट संयुक्त रूपमा अनावरण गर्नुभएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरचनले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा लड्न सिकाउने सर्वहारावर्गको असल प्रतिनिधिको रुपमा निर्मल लामालाई स्मरण गर्नुपर्ने बताउनुभयो। अर्का वक्ता लिलामणि पोखरेलले पद-प्रतिष्ठाको तछाडमछाडबाट टाढा रहेका लामाले नेपालको आन्दोलनमा धेरै योगदान गरेको बताउँदै राष्ट्रियता कमजोर हुँदा र आन्दोलनमा विचलन आउँदा निर्मल लामा स्मरणमा आइरहने जानकारी दिनुभयो।

उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हितबहादुर तामाङ्ग, गंगाबहादुर कार्की, प्रदेशका सांसद युवराज चौलागाई, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका महासचिव दिलसुन्दर श्रेष्ठ, बीरप्रसाद भन्सारी, स्थानीय नेताहरू डिल्लीमान तामाङ, पेमा लामा, सेनापति गाउँपालिका उपाध्यक्ष गीता बिष्ट लगायतले लामाको बहुआयामिक योगदानको स्मरण गरेका थिए । 

कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठान रामेछापका संयाेजक बि.बि. तामाङ(बीरबहादुर)काे सभापतित्व र सचिव  मनाेज के. सी.काे उदघाेषण र सुनापति गा.पा. कमिटि अध्यक्ष चण्डेश्वर चाैलागाईकाे स्वागत भाषण रहेको  थियो।

पेमा लामाबाट डहूको बीच पर्ने सुन्दर जग्गा उपलब्ध गराउनु भएकोमा र प्रतिमा  बनाउन सहयोग पुर्याउने सुनापती गाउँपालिका र अन्य सहयोगी हातहरूलाई निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका महासचिव दिलसुन्दर श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

लेखराज रेग्मी २९ फाल्गुन २०८१, बिहीबार

उनी नेपाली श्रमिक जनताको नेता भएकोले उपचारमा जन अभिन्दनमा र स्मृतिमा जनताको चासो र सरोकार स्वभाबिक छ . लामाको संझना लामाको पसिना बगेको ठाउँमा चिरस्थाई रहनेछ. लामा ट्रस्ट फाउन्डेशन र शालिकको दुरुपयोग संग सचेत थिए. यो उनीलाई संझिने पहिलो सर्त हो र प्रतिज्ञा गरौं लामाको नाम दुरुपयोग गर्न हुन दिइने छैन. रामेछापको कृतिमान उच्च रहोस शुभकामना.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार