मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
एसइईमा सफल त्रिवेणी टोलवासी ६ विद्यार्थीलाई बधाई र सम्मान

Thearaniko Times 1401+ समाचार ( )
२९ असार २०८२, आइतबार

बनेपा, काभ्रेपलाञ्चोक/बनेपा नगरपालिका वडा नम्बर- ६ स्थित त्रिवेणी टोल सुधार समिति ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट सफलता हासिल गरेका टोलका ६ जना विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ। अध्ययनको नयाँ अध्याय सुरु हुने यस महत्वपूर्ण मोडमा टोल सुधार समितिले विद्यार्थीलाई सम्मानपत्र, माला र पुष्पगुच्छासहित सम्मान प्रदान गरेको हो। 

सम्मानित हुनेमा सिताराम हुमागाईं(बुबा), आयुष हुमागाई(छोरा), रिजन लामा, स्वराज शाह ठकुरी, रिजन पौडेल र स्वहान स्याङतान छन्। उनीहरूलाई बनेपा नगरपालिका–६ का वडा अध्यक्ष सचितानन्द केसीले सम्मानपत्र र खादा त्रिवेणी टोल सुधार समितिका अध्यक्ष सुदिप पौडेलले टिका लगाइदिएका थिए। 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले एसईई सफलता जीवनको एउटा महत्त्वपूर्ण माइलस्टोन भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्राका लागि विद्यार्थीहरूलाई शुभकामना दिए । साथै, कार्यक्रमका अतिथि वडा सदस्य लालकृष्ण तिमल्सिना, विजया सुवेदी, समाजसेवी चेतनाथ मिश्र लगायतले सम्मानित विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्दै उच्च शिक्षा हासिल गरी टोल र समाजको नाम उज्यालो बनाउने प्रेरणा प्रदान गरे । 

सम्मानित विद्यार्थीहरूले आफूहरू आगामी दिनमा अझ लगनशीलताका साथ अध्ययन गर्दै शैक्षिक क्षेत्रमा उदाहरणीय बन्ने प्रतिबद्धता जनाए। कार्यक्रममा टोलका अभिभावक, समाजसेवीहरूको उपस्थिति रहेको थियो।

समितिका अध्यक्ष सुदिप पौडेलको सभापतित्वमाभएको कार्यक्रममा शिवप्रसाद वाग्ले शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रम सञ्चालक तथा समितिका सचिव दिपनारायण पराजुलीलाई खानेपानी उपभोक्ता समितिमा रही टोलमा पानी खुवाउन सफल भएको भन्दै खादा ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार