मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु, मुख्यमन्त्री लामाले खेलकुद महोत्सव गरे उद्घाटन
१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु, मुख्यमन्त्री लामाले खेलकुद महोत्सव गरे उद्घाटन

Thearaniko Times 1401+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काभ्रे/जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता–२०८१ बनेपामा सुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले खेलकुद महोत्सव उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री लामाले उद्घाटन मन्तव्य राख्नुहुँदै खेल क्षेत्र प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । स्वस्थ जीवनयापनको लागि समेत खेल महत्वपुर्ण रहेको बताउँदै खेलले अनुशासन सिकाउने र प्रतिस्पर्धी भावना जागृत गराउँदै भावनात्मक सम्बन्ध विकास गराउने भनाई उहाँले राख्नुभयो। यसअघि खेल क्षेत्र प्राथमिकतामा नपरेको स्विकार गर्नुहुँदै अहिले प्रदेश सरकारले पुर्वाधार विकासमा जोड दिएको मुख्यमन्त्री लामाले बताउनुभयो । खेलकुदले पर्यटन क्षेत्रलाई समेत फाईदा पुग्ने बताउनुहुँदै पोर्चुगल, इन्डिया जस्ता देशको आर्थिक उन्नतिमा खेलकुद पनि प्रमुख रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री लामाले काभ्रे पलाञ्चोक बाढी पहिरोबाट सबभन्दा बढी क्षतिग्रस्त जिल्ला भएकोले समपुरक बजेटमा पुनर्निर्माणको लागि बजेट छुट्याएको जानकारी दिनुहुँदै रोशी नदीबाट हुने कटान रोक्न बहुवर्षे योजनामा समावेश गरिएको पनि सो अवसरमा बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बागमति सरकारका पुर्व खानेपानी तथा सिंचाइमन्त्री एवम् प्रदेश सभा सदस्य तिर्थ लामाले सबैभन्दा धेरै विकास प्रदेश सरकार र स्थानीय सरकारले गेको दाबी गर्नुभयो ।

वागमती प्रदेशसभा सदस्य तथा पुर्व खेलकुद मन्त्री रत्न ढकालले खेलकुदको विकासमा कोही सत्तापक्ष र प्रतिपक्ष नहुने बताउनुभयो । प्रदेश सभा सदस्य रुकु चौंलागाँईले खेलकुद्को विकासको लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारलाई माग गर्नुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले खेलको विकासविना देशको विकास नहुने ठोकुवा गर्नुभयो । बनेपा नगरपालिकाका नगर प्रमुख शानितरत्न शाक्यले खेलको विकासको लागि नगरले लगानी गरिरहेको जानकारी भौतिक पुर्वाधार निर्माणको लागि थप बजेट राखिदिन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । बनेपा नपा–६ का वडाध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सचितानन्द केसीले आफ्नै पालामा जग्गा उपलब्ध गराई कबर्ड हल र जिल्ला खेलकुद विकास समितिको भवन निर्माण गराउन सफल भएको जानकारी दिनुभयो । खेलकुद परिषद्का सदस्य सचिव दिपक लामा, भेषराज शाह लगायतका वक्ताहरुले मन्तव्य राख्नु हुँदै खेलकुदको महत्वबारे चर्चा गर्नु भएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाको कार्यक्रमको अध्यक्षता र कार्यालय प्रमुख बलराम शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सव ११ गते समापन हुनेछ । खेलकुद विकास समितिको प्राङ्गणमा आयोजना हुने महोत्सवमा १३ वटै पालिकामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीहरु सहभागि छन् ।

राष्ट्रपति रनिङ्ग शिल्डको विद्यामा समावेश भएका खेलहरुका अतिरिक्त कराँतेका विभिन्न विधाका खेलकुदहरु समावेश छन् । महोत्सवमा जिल्लास्थित खेलकुद संघबाट समेत खेलाडीहरुको सहभागिता रहेको छ । खेलकुद महोत्सवमा सहभागि भई खेलको माध्यमबाट जिल्लालाई पहिचान गराउन, खेलाडीहरुको मनोबल उच्च बनाउन र ब्यवसायीक रुपमा खेललाई अघि बढाउन खेलकुद महोत्सव आयोजना गरिएको र करीब ७ सय खेलाडीले प्रत्यक्ष भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार