मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |
मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

स्थानीय निकाय
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक

Thearaniko Times 1381+ समाचार ( )
१० असार २०८३, बुधवार

बनेपा— बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ।

नगरसभाको १८औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले सीमित स्रोतसाधनका बाबजुद नगरवासीका आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। उहाँले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएको अवस्थामा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

नगरप्रमुख शाक्यले कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो। खेतीयोग्य जमिनको संरक्षण, कृषि उत्पादन क्षेत्र निर्धारण, अर्गानिक खेती प्रवर्द्धन, किसान परिचयपत्र वितरण, कृषि यान्त्रीकरण तथा शीत भण्डार निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ। कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङमार्फत बजारसँग जोड्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ।

पशुपालन क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन नश्ल सुधार, पशु बीमा, निःशुल्क खोप, आधुनिक वधशाला निर्माणको सम्भाव्यता अध्ययन तथा छाडा चौपाया व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।

स्थानीय अर्थतन्त्रलाई सबल बनाउन घरेलु तथा साना उद्योग प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास तथा पर्यटन क्षेत्रको विस्तारलाई प्राथमिकता दिइएको छ। नगरकोट, नागीडाँडा, चण्डेश्वरी, गोसाइस्थान, वासुकी पार्क लगायतका पर्यटकीय क्षेत्रको संरक्षण, स्तरोन्नति र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिँदै शिक्षक क्षमता विकास, विद्यालयमा सूचना प्रविधिको प्रयोग विस्तार, छात्रवृत्ति कार्यक्रम, प्रतिभा पहिचान अभियान तथा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ। युवालाई लक्षित गर्दै ‘मेयरसँग युवा’ कार्यक्रम, सीपमूलक तालिम तथा खेलकुद विकासका कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख शाक्यले बताउनुभयो।

स्वास्थ्यतर्फ बनेपा आधारभूत नगर अस्पतालको सेवा विस्तार, स्वास्थ्य बीमा कार्यक्रम, मानसिक स्वास्थ्य क्लिनिक, नसर्ने रोग नियन्त्रण, महिला तथा किशोरी स्वास्थ्य कार्यक्रम र ज्येष्ठ नागरिक स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ। नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यसमेत नगरपालिकाले लिएको छ।


पूर्वाधार विकास अन्तर्गत प्रमुख सडकहरूको स्तरोन्नति, कालोपत्रे, पुल निर्माण, आधुनिक बसपार्क विकास तथा नयाँ प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ। पुण्यमाता करिडोर लगायतका रणनीतिक सडक आयोजनाको कार्यान्वयनका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिने जनाइएको छ।

नगरप्रमुख शाक्यले डिजिटल सुशासनलाई आगामी वर्षको विशेष प्राथमिकता रहेको बताउँदै सेवा प्रवाह, राजस्व संकलन, अभिलेख व्यवस्थापन, गुनासो सुनुवाइ तथा प्रशासनिक प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिने जानकारी दिनुभयो। कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र नागरिकमैत्री बनाइने उहाँको भनाइ थियो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। साथै बालमैत्री स्थानीय शासन, महिला उद्यमशीलता, जेष्ठ नागरिक सम्मान तथा अपाङ्गतामैत्री पूर्वाधार निर्माणलाई निरन्तरता दिइने भएको छ।

नगरप्रमुख शाक्यले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्दै भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो। नागरिक सहभागिता, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र डिजिटल निगरानी प्रणालीमार्फत विकासका कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र सूचना प्रविधिलाई विकासको प्रमुख आधार बनाउँदै बनेपालाई आधुनिक, समृद्ध र नागरिकमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार