मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
चौरीदेउरालीमा ३०औँ जनयुद्ध दिवस अवसरमा शुभकामना कार्यक्रम सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

चौरीदेउराली (काभ्रे) । नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत चौरीदेउराली गाउँपालिकामा फागुन १ गते ३०औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ।

चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सम्पन्न कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईले जनयुद्धको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानमाथि पछिल्लो समय विभिन्न प्रकारका चुनौती देखिन थालेको उल्लेख गरिन्। उनले वर्तमान राजनीतिक व्यवस्था तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आगामी निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याइन्।

शहीद शुभद्र चौलागाईका पिता केदार चौलागाईले शुभकामना मन्तव्य व्यक्त गर्दै मतदान गर्नुअघि व्यवस्था स्थापनाका लागि जीवन अर्पण गर्ने शहीदहरूको योगदान स्मरण गर्न मतदातालाई आग्रह गरे।

केन्द्रीय सदस्यहरू राजीब लामा र बिष्णु चौलागाईले करिब तीन दशकपछि चौरीदेउराली क्षेत्रले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको भन्दै यो ऐतिहासिक क्षण गुम्न नदिन सबै एकजुट हुनुपर्ने धारणा राखे। उनीहरूले जनयुद्धकालीन एकताको भावना पुनर्जीवित गर्दै संगठित रूपमा निर्वाचनमा होमिन आग्रह गरे।

गाउँपालिका इन्चार्ज तेज पन्तले निर्वाचन केन्द्रित निर्देशनात्मक शुभकामना मन्तव्य राख्दै पार्टीका उम्मेदवारलाई जिताउन प्रतिबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरे। जिल्ला सदस्य गजबीर लामाले जनयुद्धमा चौरीदेउरालीवासीको योगदान स्मरण गर्दै त्यसको ऐतिहासिक महत्वमाथि प्रकाश पारे।

वडा अध्यक्ष राम लामाले जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनआन्दोलनमा योगदान गर्ने सम्पूर्णप्रति सम्मान व्यक्त गरे।

कार्यक्रम एकनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने निर्वाचन परिचालन समितिका संयोजक बिदुर गौतमले सभापतित्व गरेका थिए। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार