मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आफुले पाउने तलब भत्ता शिक्षा र स्वास्थ्यमा खर्च गर्ने वडाध्यक्ष के.सीको घोषणा

Thearaniko Times 1394+ समाचार ( )
९ जेठ २०७९, सोमबार

बनेपा/ नगरपालिका वडा नम्बर ६ बाट एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष सचितानन्द केसीले सोमबार एक समारोहबीच  पदभार ग्रहण गर्नुभएको छ । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै वडाध्यक्ष केसीले आफूले पाउने तलब भत्ता र अन्य सेवा सुविधा बापत प्राप्त हुने रकम स्वास्थ्य र शिक्षामा खर्च गर्ने निणर्य गरेको बताउनुभयो । 

वडाध्यक्ष के.सी.ले भन्नुभयो -अघिल्लो कार्यकालको तलब भत्ता मैले लिइन । यो पटकको सेवा सुविधा बापतको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निणर्य गर्नुभएको छ । वडाले छुट्टै करारमा स्वास्थ्यकर्मी नियुक्त गरेर ६० वर्ष पुगेको जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण सेवा अन्र्तगत सुगर, प्रेसर परिक्षणका साथै अन्य प्राथमिक उपचारसहित राज्यले प्रदान गर्ने निःशुल्क औषधी पुर्याउने कामको थालनी गर्ने बताउनुभयो ।  साथै सामाजिक सुरक्षा भत्ता बैंक सङ्ग समन्वय, सहकार्य  गरि टोलटोलमा वितरणको व्यवस्था गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यको क्षेत्रमा खर्च गरेर बाँकी रहेको रकम गुरूकुललाई प्रदान गर्ने वडाध्यक्ष केसीले बताउनुभयो । वडाध्यक्ष के.सी.ले अगाडि भन्नुभयो-‘हामी निरोगी वडा बनाउन चाहान्छौं । वडाका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनी निरोगी हुनु भनेको वडाको विकास निर्माणमा थप टेवा पुग्नु हो । सामान्य परीक्षणका लागि पनि अस्पताल र मेडिकल धाउनु पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । त्यो कामको सुरुवात तत्काल गर्छौ । वडाध्यक्ष केसीले भन्नुभयो ।’ वडाध्यक्ष केसीले अधूरा रहेका कामलाई क्रमिक रूपमा पुरा गर्दै लैजाने प्रतिबद्धता जनाउँदै खबरदारी गर्न वडाबासीलाई आग्रह गर्नुभयो । ‘हामी निणर्य गर्ने ठाउँमा मात्रै पुगेका हौ । हामीले मत दियौँ । अब उनीहरूले नै गर्छन भनेर मात्रै हुँदैन । तपाईहरूले हामीलाई बेला बेला झक्झकाउनु पर्छ । अनि मात्रै वडाको काममा सम्मान सहभागीता हुन्छ । 

वडाध्यक्ष केसीले भन्नुभयो ।’म हिजो दलको प्रतिनिधिको निर्वाचन लडियो। आज म सबैको जनप्रतिनिधि हुँ । त्यसैले कुनै आस्थाको आधारमा कसैलाई भेदभाव गरिने छैन र राजनीति नोकरी होइन, व्यापार होइन, त्याग र तपस्याको काम हो, सिद्धान्त अनुरुपको काम हो। आफू शक्तिशाली हुन होइन, परिवारलाई शक्तिशाली बनाउन होइन, नागरिकलाई  शक्तिशाली बनाउने काम हो । नागरिकको आशा, बिश्वास र भरोषालाई नागरिकको निम्ति समर्पित गरेर आगामी हाम्रो कार्यकाल सम्पूणर् कोणबाट समान ढंगबाट सबै पक्षलाई समेटेर  नागरिकको निम्ति समर्पित भएर काम गर्नेछौं -वडाध्यक्ष के.सी.को भनाई थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार